Skip to main content

नयाँ तृष्णा

काँकरभिट्टामा क्वाइनोनिया दिव्य शान्ति मण्डलीको २५औँ रजत महोत्सव सम्पन्न

[adsforwp id="2511"]

नगर प्रमुख बुढाथोकीद्वारा उद्घाटन, स्मारिका विमोचन, सम्मान तथा सांस्कृतिक प्रस्तुतिसहित मनाइयो २५औँ स्थापना दिवस

काँकरभिट्टा, झापा । झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित क्वाइनोनिया दिव्य शान्ति ख्रीष्टिय मण्डलीले स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मण्डलीको २५ वर्षे इतिहास, सेवा र सामाजिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको समारोहमा विभिन्न क्षेत्रका पास्टर, मण्डलीका अगुवा, प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो।

रजत महोत्सवको औपचारिक उद्घाटन मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मण्डलीका अध्यक्ष तथा पास्टर रामकुमार थापा, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. मङ्गलमान महर्जन, झापा जिल्ला इसाई समाजका अध्यक्ष रेभ. पास्टर ईसाहक सेन्चुरी तथा रेभ. पास्टर एन.डी. थुलुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

समारोहका मुख्य वक्ता क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. मङ्गलमान महर्जनले बाइबलको रोमी १२:९–२१ बाट प्रवचन दिँदै मण्डलीको ऐतिहासिक यात्रा, आत्मिक जीवन, एकता, प्रेम तथा सेवाभावका विषयमा सन्देश दिनुभएको थियो। उहाँले विश्वासलाई व्यवहार र सेवासँग जोड्दै समुदायमा प्रेम, सहकार्य र एकताको भावनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।

२५ वर्षको यात्रा समेटिएको स्मारिका विमोचन

मण्डली स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा प्रकाशित विशेष ‘रजत महोत्सव स्मारिका’ समेत समारोहमा विमोचन गरिएको थियो। वरिष्ठ पास्टर रेभ. डा. मङ्गलमान महर्जन, सभाध्यक्ष तथा स्थानीय पास्टर रामकुमार थापा, गुरुआमा मनु रौङ्गोङ, झापा जिल्ला इसाई समाजका अध्यक्ष रेभ. ईसाहक सेन्चुरी, रेभ. पास्टर एनोस गजमेर ,रेभ पास्टर पर्शु गुरुङ, रेभ. पास्टर हिमाल राईलगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा स्मारिका विमोचन गर्नुभएको थियो।

स्मारिकामा मण्डलीको स्थापना, विकासक्रम, धार्मिक गतिविधि, सामाजिक सेवा तथा २५ वर्षको यात्राका विभिन्न महत्वपूर्ण पक्ष समेटिएको जनाइएको छ।

योगदानकर्तालाई सम्मान

रजत महोत्सवकै अवसरमा मण्डली स्थापनाकालदेखि विभिन्न रूपमा योगदान पुर्‍याउँदै आएका तथा समाजप्रतिको उत्तरदायित्व निर्वाहमा भूमिका खेलेका १० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

यस अवसरमा अतिथि तथा पास्टरहरूको उपस्थितिमा २५औँ रजत महोत्सवको विशेष केक काटेर स्थापना दिवसको खुसीसमेत साटासाट गरिएको थियो।

२५ वर्षको इतिहास वृत्तचित्रमा

कार्यक्रममा मण्डलीको २५ वर्षे इतिहास, सामाजिक गतिविधि तथा विकासक्रम समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो। वृत्तचित्रमार्फत मण्डलीले स्थापनादेखि हालसम्म गरेका विभिन्न धार्मिक तथा सामाजिक गतिविधिलाई प्रस्तुत गरिएको थियो।

त्यसैगरी सण्डे स्कुलका बालबालिका, आमा दिदीबहिनी तथा जवान सङ्गति (युवा समूह) ले कबिता,भजन–स्तुति तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। विभिन्न उमेर समूहका सहभागीको प्रस्तुतिले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।

समाजमा शान्ति र सेवाभाव अभिवृद्धिमा योगदान

समारोहमा बोल्दै मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, वडाध्यक्ष ललितबहादुर तामाङलगायतका वक्ताहरूले मण्डलीले समाजमा शान्ति, भाइचारा, सद्भाव र सेवाभाव अभिवृद्धिमा खेलेको भूमिकाको चर्चा गर्दै २५औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।

त्यसैगरी गुडन्यूज चर्च दमकका पा. राजकुमार राई, इटहरी ब्याप्टिस्ट चर्चका रेभ. पा. दानियल सुब्बा, दमक ज्योति चर्चका रेभ. पा. एन.डी. थुलुङलगायतका वक्ताहरूले मण्डलीको आगामी यात्रा अझ प्रभावकारी र सेवामुखी बन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।

समारोहमा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, क्वाइनोनिया पाटन मण्डलीका असिस्टेन्ट पास्टर रेभ. पा. प्रकाश सुब्बा, झापा जिल्ला इसाई समाजका अध्यक्ष रेभ. पा. ईसाहक सेन्चुरीलगायत विभिन्न क्षेत्र, इलाका समाज तथा मण्डलीका पास्टर, अगुवा र प्रतिनिधिहरूको उपस्थिति थियो।

नेपाल तथा भारतबाट प्रतिनिधिको सहभागिता

रजत महोत्सवमा विराटनगर, उर्लाबारी, इटहरी, चारआली, उदयपुर, दमक लगायत विभिन्न स्थानका मण्डली तथा शाखा मण्डलीका पास्टर, अगुवा र प्रतिनिधिहरू सहभागी भएका थिए। साथै छिमेकी मुलुक भारतको सिलिगुडी र कोलकाताबाट समेत पास्टर तथा प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको सुरुआतमा स्मारिका संयोजक एल्डर रमेश गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मण्डलीका सचिव तरुण राईले गर्नुभएको थियो।

समारोहको समापन गर्दै सभाध्यक्ष तथा स्थानीय पास्टर रामकुमार थापाले रजत महोत्सव सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, पास्टर, मण्डलीका अगुवा, आयोजक, स्वयंसेवक, सदस्य तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

२५ वर्षको धार्मिक, सामाजिक र सेवामूलक यात्रालाई स्मरण गर्दै सम्पन्न रजत महोत्सवले मण्डलीका सदस्य तथा शुभेच्छुकबीच एकता, सहकार्य र सेवाभावलाई थप सुदृढ बनाउने सन्देश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्...
बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर...