नगर प्रमुख बुढाथोकीद्वारा उद्घाटन, स्मारिका विमोचन, सम्मान तथा सांस्कृतिक प्रस्तुतिसहित मनाइयो २५औँ स्थापना दिवस काँकरभिट्टा, झापा । झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित क्वाइनोनिया दिव्य शान्ति ख्रीष्टिय मण्डलीले स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मण्डलीको २५ वर्षे इतिहास, सेवा र सामाजिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको समारोहमा विभिन्न क्षेत्रका पास्टर, मण्डलीका अगुवा, प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। रजत महोत्सवको औपचारिक उद्घाटन मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मण्डलीका अध्यक्ष तथा पास्टर रामकुमार थापा, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. मङ्गलमान महर्जन, झापा जिल्ला इसाई समाजका अध्यक्ष रेभ. पास्टर ईसाहक सेन्चुरी…