अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ दुई फरक प्रकृतिका विषय भएको स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आजको जटिल र अनिश्चित विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी, निर्णयक्षम र दूरदर्शी हुनुपर्नेमा जोड दिएका छन्। हमालले लेखेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नभएको नेतृत्वका कारण राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।” प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमा विषयमा दिएको अभिव्यक्तिप्रति विरोध भइरहेका बेला हमालले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्। उनका अनुसार सीमा…
मेचीनगर । झापा स्थित इग्नाइटर टिमको आयोजनामा बाइबल पद कण्ठस्थ प्रतियोगिता २०८३ अन्तर्गत पहिलो चरणको छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा बाहुण्डागी इलाका ईसाई समाज र मेची इलाका ईसाई समाजका युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामार्फत युवाहरुमा बाइबल अध्ययन, कण्ठस्थ गर्ने बानी तथा आत्मिक जीवनलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवाहरुले उत्साहपूर्वक बाइबलका पदहरू प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरुले पनि कार्यक्रमको प्रशंसा गरेका थिए। यसैबीच, भोलि शनिबार र आइतबार मध्यपूर्व इलाका ईसाई समाज तथा सानीअर्जुन इलाका ईसाई समाजमा पनि उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। ्
विशेष खोज, – होमराज राई, यो पृथ्वीको सबैभन्दा जिज्ञासु, सबैभन्दा चेतनायुक्त, र सायद सबैभन्दा विरोधाभासी प्राणी मानिस......!, । उसले आफ्नो बुद्धि, कल्पना, विज्ञान र अथाह इच्छाशक्तिको बलमा प्रकृतिलाई चुनौती दियो। उसले अन्धकार चिरेर प्रकाश निकाल्यो। समुद्र चिरेर महादेशहरू जोड्यो। आकाश नाप्यो, चन्द्रमामा पाइला टेक्यो, र अन्तरिक्षको असीम शून्यतामा आफ्नो अस्तित्वको छाप छोड्ने साहस गर्यो। उसले रोगहरूसँग युद्ध गर्यो, समयलाई घडीभित्र बाँध्यो, विद्युत् निर्माण गर्यो, परमाणुको रहस्य चिर्यो, कृत्रिम बुद्धिमत्तालाई जन्म दियो। उसले धर्म निर्माण गर्यो, दर्शन सिर्जना गर्यो, साहित्य लेख्यो, संगीतलाई आत्माको भाषा बनायो, र सभ्यतालाई इतिहासको महानतम उपलब्धिमा रूपान्तरण गर्यो। मानिसले पृथ्वीको स्वरूप नै बदलिदियो। तर एउटा सत्यको स्वरूप भने…
कबिता, – होमराज राई, समयको सिँढीमा उभिएको मानिस,आफ्नै छायाँसँग हरपल युद्ध गरिरहेछ,बाहिर मुस्कानको दीप बालेरभित्रभित्रै शून्यतासँग जलिरहेछ,। जीवन...,कहिले फूलको सुवास बनेर आउँछ,कहिले काँडाको पीडा बोकेर,तर समयको कठोर पाठशालालेहरेक आत्मालाई केही न केही सिकाएरै छोड्छ। मानिसले आकाश जित्ने सपना देख्यो,तर आफ्नै मन जित्न सकेन,उसले संसारलाई बदल्न खोज्यो,तर आफ्नो अहंकार गलाउन सकेन। धनको उचाइ चुम्दैमामानिस ठूलो हुँदैन साथी...,बरु आँसु पुछ्ने हातमाईश्वरको सबैभन्दा सुन्दर रूप लुकेको हुन्छ। जीवन त धुवाँझैँ क्षणभंगुर छ,आज देखिएको दृश्यभोलि स्मृतिमा मात्र बाँच्छ,तर प्रेमले छोएको हृदय भनेमृत्युपछि पनि धड्किरहन्छ। जब अन्तिम साँझ झर्छ,जब सासहरू थाकेर मौन हुन्छन्,त्यो बेला मानिसले सम्झिने कुराउसले कमाएको सम्पत्ति होइन ,उसले बाँडेको माया,दिएको सम्मान,र कसैको…
५ जेष्ठ २०८३, मंगलवार, काँकरभिट्टा । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा करुणा फाउण्डेशन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र शुभ बिहानी मिलीजुली समूहको सहकार्य तथा समन्वयमा “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मेचीनगर–६ स्थित सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा अपाङ्गता रोकथाम, अपाङ्गताको परिचय तथा अपाङ्गता परिचयपत्र (कार्ड) का प्रकार, मिलीजुली समूहको आवश्यकता, यसको फाइदा–बेफाइदा, बिऊपूँजी परिचालन तथा अपाङ्गता भएका व्यक्तिहरु सहकारीमा आबद्ध हुनुका कारण र यसका सकारात्मक तथा नकारात्मक पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वक्ता कुशल पोख्रेलले भिडियो डकुमेन्ट्रीसहित विभिन्न…
२१ बैशाख २०८३, सोमबार, काठमाडौं । पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घघाटन गरेका छन् । सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको रूपमा स्थापित यस क्लबको उद्घघाटन गर्दै थर्मनले नेपाली बक्सिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले पूर्व विश्व च्याम्पियन थर्मनलाई भव्य स्वागत गरेका थिए ।कार्यक्रममा एनपीबीसीका तर्फबाट थर्मनलाई मानार्थ सल्लाहकारको जिम्मेवारी सुम्पिँदै आधिकारिक…
– होमराज राई, ब्यस्त सहरका गल्ली–गल्ली र सडकहरूमा मौन पीडाहरू भौतारिरहेका हुन्छन्। कतै बिरक्तिएका मनहरू छन्, कतै रित्तिएका आशाहरू, त कतै पागलपनले भरिएका जीवनहरू। म कहिलेकाहीँ सडकको किनारमा उभिएर फर्केर हेर्छु,– खै, यी भीडहरू कहाँ पुग्न हतारिएका हुन्? कसैलाई एकक्षण पनि फुर्सद छैन, कसैले कसैको लागि सोच्ने समय छैन। तर यिनै भीडभित्रका मानिसहरू पनि त मानव कोखबाटै जन्मेका हुन्। अनि किन त्यही मानव कोखबाट जन्मिएका केही नाबालकहरू आज पशुजस्तै जीवन बिताउन बाध्य छन् ? यो त्यस्तै एउटा बालकको कथा हो—सहरले “खाते” भनेर चिन्ने एउटा जीवन। ऊ करिब दुई वर्षको हुँदादेखि नै सडक र फोहोरका थुप्राहरूबीच हुर्किएको थियो। न उसको…
आइतराज राई, झापा । झापाली साहित्य समाजको आयोजनामा तथा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सहआयोजनामा ‘शब्द यात्रा’ नामक गजल वाचन तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिर्तामोड–३ स्थित विराटपोखरी परिसरमा आयोजना गरिएको थियो। झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोपालकुमार बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कोशी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीलगायत झापा, मोरङ तथा भारतका विभिन्न स्थानबाट आएका साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिमाथि केन्द्रित रहँदै ज्ञानवर्द्धक तथा सन्देशमूलक गजल र कविताहरू वाचन गरिएको थियो। सहभागी स्रष्टाहरूले समसामयिक विषयवस्तुलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। आयोजकका अनुसार पछिल्लो…
झापा । विश्वका सबैभन्दा धनी व्यक्ति तथा स्पेसएक्सका संस्थापक एलन मस्कले मंगल ग्रहभन्दा अघि चन्द्रमामा मानव बस्ती बसाल्ने योजना सार्वजनिक गरेका छन्। आगामी १० वर्षभित्र चन्द्रमामा आफैँ विस्तार हुँदै जाने ‘सेल्फ ग्रोइङ सिटी’ स्थापना गर्ने लक्ष्य राखिएको मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिएका हुन्। मस्कका अनुसार स्पेसएक्सको दीर्घकालीन उद्देश्य मानव जीवनलाई पृथ्वीबाहिर विस्तार गर्नु हो। तर रणनीतिक र प्राविधिक कारणले मंगलभन्दा चन्द्रमालाई पहिलो प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्। उनका अनुसार चन्द्रमामा पुग्न केवल दुई दिन लाग्छ र हरेक १० दिनमा प्रक्षेपण सम्भव हुन्छ। मंगल ग्रहका लागि भने प्रक्षेपणको अवसर हरेक २६ महिनामा एक पटक मात्र मिल्ने र…
१३ माघ २०८२, मंगलवार, मेचीनगर । अपाङ्गमैत्री भवन निर्माण गर्ने उद्देश्यसहित अपाङ्गमैत्री सेवा स्वरोजगार संस्था मेचीनगर–१० ले सप्ताह पुराण महायज्ञ आयोजना गर्ने भएको छ । भवनको अभावका कारण कार्यालय सञ्चालनमा समस्या भोग्दै आएको संस्थाले आवश्यक आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागेको हो । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले मेचीनगरभरिका ४५ जना फरक क्षमता भएका सदस्यहरूको हितका लागि भवन निर्माण योजना अघि बढाएको जानकारी गराएको छ । भवन निर्माणको योजनापछि केही व्यक्ति तथा संस्थाबाट सहयोगको प्रतिबद्धता प्राप्त भएपछि महायज्ञ आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले बताए । उनका अनुसार आगामी फागुन ६ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ…