Skip to main content

नयाँ तृष्णा

अपाङ्गमैत्री भवन निर्माणका लागि मेचीनगरमा सप्ताह पुराण महायज्ञ आयोजना हुँदै

[adsforwp id="2511"]

मेचीनगर । अपाङ्गमैत्री भवन निर्माण गर्ने उद्देश्यसहित अपाङ्गमैत्री सेवा स्वरोजगार संस्था मेचीनगर–१० ले सप्ताह पुराण महायज्ञ आयोजना गर्ने भएको छ । भवनको अभावका कारण कार्यालय सञ्चालनमा समस्या भोग्दै आएको संस्थाले आवश्यक आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागेको हो ।

मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले मेचीनगरभरिका ४५ जना फरक क्षमता भएका सदस्यहरूको हितका लागि भवन निर्माण योजना अघि बढाएको जानकारी गराएको छ । भवन निर्माणको योजनापछि केही व्यक्ति तथा संस्थाबाट सहयोगको प्रतिबद्धता प्राप्त भएपछि महायज्ञ आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले बताए ।

उनका अनुसार आगामी फागुन ६ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले भवन निर्माणका लागि ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । अन्य व्यक्तिहरूले पनि सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

महायज्ञ आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने र २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । पुराणमा पण्डित देबिसुमि मानव प्रमुख कथा वाचक रहने छन् भने कार्यक्रम सञ्चालन बिष्णु प्रसाईंले गरेका थिए । कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पुराण व्यवस्थापन समिति गठन गरी अघि बढ्ने अध्यक्ष बुढाथोकीले बताए ।

हाल संस्थाले अव्यवस्थित रूपमा सञ्चालनमा रहेको सामुदायिक सेवा केन्द्र लालपानीको एउटा कोठामा कार्यालय राख्दै आएको छ । उक्त कोठाबाट पनि कार्यालय हटाउन भनिएपछि संस्था थप अन्यौलमा परेको अध्यक्ष बुढाथोकीले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...