Skip to main content

नयाँ तृष्णा

अपाङ्गमैत्री भवन निर्माणका लागि मेचीनगरमा सप्ताह पुराण महायज्ञ आयोजना हुँदै

[adsforwp id="2511"]

मेचीनगर । अपाङ्गमैत्री भवन निर्माण गर्ने उद्देश्यसहित अपाङ्गमैत्री सेवा स्वरोजगार संस्था मेचीनगर–१० ले सप्ताह पुराण महायज्ञ आयोजना गर्ने भएको छ । भवनको अभावका कारण कार्यालय सञ्चालनमा समस्या भोग्दै आएको संस्थाले आवश्यक आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागेको हो ।

मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले मेचीनगरभरिका ४५ जना फरक क्षमता भएका सदस्यहरूको हितका लागि भवन निर्माण योजना अघि बढाएको जानकारी गराएको छ । भवन निर्माणको योजनापछि केही व्यक्ति तथा संस्थाबाट सहयोगको प्रतिबद्धता प्राप्त भएपछि महायज्ञ आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले बताए ।

उनका अनुसार आगामी फागुन ६ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले भवन निर्माणका लागि ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । अन्य व्यक्तिहरूले पनि सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

महायज्ञ आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने र २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । पुराणमा पण्डित देबिसुमि मानव प्रमुख कथा वाचक रहने छन् भने कार्यक्रम सञ्चालन बिष्णु प्रसाईंले गरेका थिए । कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पुराण व्यवस्थापन समिति गठन गरी अघि बढ्ने अध्यक्ष बुढाथोकीले बताए ।

हाल संस्थाले अव्यवस्थित रूपमा सञ्चालनमा रहेको सामुदायिक सेवा केन्द्र लालपानीको एउटा कोठामा कार्यालय राख्दै आएको छ । उक्त कोठाबाट पनि कार्यालय हटाउन भनिएपछि संस्था थप अन्यौलमा परेको अध्यक्ष बुढाथोकीले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...