Skip to main content

नयाँ तृष्णा

विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन

[adsforwp id="2511"]

काठमाडौं ।

पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घघाटन गरेका छन् ।

सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको रूपमा स्थापित यस क्लबको उद्घघाटन गर्दै थर्मनले नेपाली बक्सिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले पूर्व विश्व च्याम्पियन थर्मनलाई भव्य स्वागत गरेका थिए ।कार्यक्रममा एनपीबीसीका तर्फबाट थर्मनलाई मानार्थ सल्लाहकारको जिम्मेवारी सुम्पिँदै आधिकारिक टि-शर्ट प्रदान गरिनुका साथै प्रबन्ध निर्देशक थापाले बुद्धको मूर्ति मायाको चिनो स्वरूप प्रदान गरेका थिए ।

आफ्नो मन्तव्यका क्रममा थर्मनले खेल जीवनका अनुभवहरू साट्दै नेपाली खेलाडीहरूलाई प्रशिक्षण समेत प्रदान गरेका थिए । नेपाली नागरिक प्रायना थापासँग वैवाहिक बन्धनमा बाँधिएका कारण नेपालसँग आफ्नो भावनात्मक र पारिवारिक सम्बन्ध रहेको चर्चा गर्दै उनले यहाँको प्राकृतिक सुन्दरताको प्रशंसा गरे ।

श्रीमती, दुई छोरी र एक छोरासहित नेपाल भ्रमणमा आएका थर्मनको यस उपस्थितिले नेपाली व्यवसायिक बक्सिङ क्षेत्रमा नयाँ उत्साह थपेको छ । कार्यक्रमको सञ्चालन र व्यवस्थापनका क्रममा प्रबन्ध निर्देशक थापाले स्वागत मन्तव्य र अध्यक्ष प्रजापतिले समापन मन्तव्य राख्दै व्यावसायिक बक्सिङको प्रवर्द्धनमा यस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वको आगमनले ठूलो अर्थ राख्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...