काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् । रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए । उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग पनि ब्रिफिङ लिन लागेका हुन् । केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ ।
१४ भाद्र २०८३, आईतवार , काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको मृत्यु भएको छ। यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि अझै झन्डै २ हजार ५०० जना सम्पर्कविहीन रहेका छन्। प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको…
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ । राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनीतिक ब्यूरोको बैठकले केरुङ क्षेत्रमा आएको बाढीको विश्लषेण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्ह्वाले जनाएको छ । राष्ट्रपति सीको अध्यक्षतामा आज बसेको बैठकमा उनले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिए । बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङ र अन्य नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा…
११ भाद्र २०८३, बिहीबार, काठमाडौं । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला परेका हुन् । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको प्रहरीले जनाएको छ । यस्तै, हालसम्म ४६६ जना घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।
१० भाद्र २०८३, बुधबार, १० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए । तर पछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको छ । हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।
९ भाद्र २०८३, मंगलवार, काठमाडौं । महिला प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार बिहान आकाशेपुल प्रयोग गरी बाटो काट्न आग्रह गर्दा पैदलयात्री राज कठायतले प्रहरीसँग विवाद गरेका थिए। सो क्रममा उनले गालीगलौज गर्नुका साथै महिला प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। प्रहरीका अनुसार कठायतमाथि दुईवटा कसुरमा अनुसन्धान भइरहेको छ। राष्ट्रसेवकलाई काममा बाधा…
७ भाद्र २०८३, आईतवार, विराटनगर / विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । गत वर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो । त्यसैगरी, सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन…
आजकल हाम्रा छोराछोरीको ठूलो समय मोबाइल र सोसल मिडियाको स्क्रिनमा बितिरहेको छ। तर के हामीले ध्यान दिएका छौँ, यसले उनीहरूको मस्तिष्क, पढाइ र पारिवारिक जीवनमा कति गहिरो असर पारिरहेको छ? मस्तिष्क र स्वास्थ्यमा असर: अत्यधिक स्क्रिन टाइमले किशोर-किशोरीको ध्यान केन्द्रित गर्ने क्षमता (Attention Span) घटाउँछ। यसले गर्दा उनीहरूमा चिडचिडाहट, तनाव, र निद्रा नआउने जस्ता मानसिक समस्याहरू देखिन थालेका छन्। पढाइमा गिरावट: सोसल मिडियाको निरन्तर प्रयोगले उनीहरूको ध्यान पढाइबाट भड्काउँछ। नतिजास्वरूप एकाग्रता घट्ने र शैक्षिक स्तर कमजोर हुँदै जाने समस्या बढ्दो छ। पारिवारिक सम्बन्धमा दूरी: एउटै घरमा भएर पनि परिवारका सदस्यहरूसँग कुराकानी गर्नुको साटो मोबाइलमै हराउनाले उनीहरू सामाजिक र पारिवारिक सम्बन्धबाट…
६ भाद्र २०८३, शनिबार, प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । शुक्रबार निर्माण पक्षले आकृति बुढाथोकीलाई फिल्ममा अनुबन्धित गरेको हो । अभिनयको हिसाबले उनको यो दोस्रो फिल्म हुनेछ । उनले फिल्म ‘मुक्तिपुर’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । उनले केही नाटकमा समेत अभिनय गरेकी छन् । फिल्ममा आकृतिको जोडी अभिनेता कबीर खड्कासँग बाँधिनेछ । कबीर केही महिनाअघि नै फिल्ममा अनुबन्धित भएका हुन् । उनले यसअघि ‘लम्फू’, ‘गुञ्जन’, ‘एक भागवत गीता’ र ‘लण्डन टू पेरिस’सहित केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘लम्फू’पछि उनी पहिलो पटक मुख्य अभिनेताको रूपमा देखिन लागेका हुन् । नेपाल र…
५ भाद्र २०८३, शुक्रबार , मौसम परिवर्तनसँगै अहिले धेरै मानिसमा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने तथा शरीर गल्ने समस्या देखिन थालेको छ। सामान्य रुघाखोकी र भाइरल ज्वरोका लक्षण एकअर्कासँग मिल्ने भएकाले कतिपय अवस्थामा छुट्याउन गाह्रो हुन्छ। मौसमी रुघाखोकी हुँदा प्रायः नाकबाट पानी बग्ने, नाक बन्द हुने, लगातार हाछ्युँ आउने, घाँटी खसखसाउने र खोकी लाग्ने हुन्छ। ज्वरो भए पनि सामान्यतया हल्का हुन्छ। भाइरल ज्वरोमा भने शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान हुने, जाडो लाग्ने र खोकी वा घाँटी दुख्ने जस्ता लक्षण देखिन सक्छन्। ज्वरो र शरीर दुखाइ तुलनात्मक रूपमा बढी हुन सक्छ। तर यी लक्षणका…