विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । बैंकिङ कारोबारको विश्लेषणका क्रममा ठूलो रकम हुण्डीमार्फत कारोबार भएको देखिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण सुरु गरिएको थियो । त्यसक्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत अन्य व्यक्तिसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको देखिएको दाबी प्रहरीको छ । प्रहरीले हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख…
काठमाडौं, नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछ। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख छ। नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ…