Skip to main content

नयाँ तृष्णा

गोप्रो क्यामेरासहित सीमामा सशस्त्र प्रहरीको निगरानी

[adsforwp id="2511"]

१७ भाद्र २०८३, बुधबार,

झापा ।

सशस्त्र प्रहरी बल, नेपालले झापाको सीमावर्ती क्षेत्रमा निगरानी तथा सूचना संकलनलाई थप प्रभावकारी बनाउन ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।

सशस्त्र प्रहरीका अनुसार गोप्रो क्यामेराको प्रयोगले सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी, सूचना संकलन तथा कुनै घटना भएमा प्रमाण सुरक्षित राख्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल झापास्थित सशस्त्र प्रहरी गणसँग रहेका दुई वटा गोप्रो क्यामेरा परिचालन गरिएको छ। विशेषगरी नेपाल–भारत सीमाको काकडभिट्टामा परिचालित बोर्डर इन्टरएक्सन टिम (बीआईटी) ले क्यामेराको प्रयोग गरिरहेको छ। सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षाका लागि बीआईटीमार्फत गोप्रो क्यामेरा प्रयोग गरिएको यो अभ्यास नेपालमै पहिलो हुनसक्ने बताइएको छ।

झापामा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य गणपतिको जिम्मेवारीमा सरुवा भएर आएपछि सीमा सुरक्षा र तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर गतिविधि तीव्र पारिएको छ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि निगरानी बढाउनुका साथै प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ। क्यामेराबाट खिचिएका दृश्यले सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधिको अभिलेख राख्न र आवश्यक पर्दा अनुसन्धानका क्रममा प्रमाणका रूपमा प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरीको सक्रियतासँगै स्थानीय नागरिकबाट समेत तस्करी नियन्त्रण र सीमा सुरक्षामा सहयोग प्राप्त भइरहेको बताइएको छ। स्थानीयको सूचना र सुरक्षाकर्मीको प्रविधियुक्त निगरानीबीच समन्वय बढे सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा थप प्रभावकारी परिणाम आउने सुरक्षा अधिकारीहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...