Skip to main content

नयाँ तृष्णा

इरानले भन्यो- छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

[adsforwp id="2511"]

काठमाडौं । इरानको सरकारी समाचार एजेन्सी ‘इस्लामिक रिपब्लिक न्युज एजेन्सी’ (आईआरएनए) का अनुसार, एउटा छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

एजेन्सीले देशको शिक्षा मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । यसअघि एजेन्सीले यो आक्रमण इरानको दक्षिणी होर्मोज्गान प्रान्तको मिनाब काउन्टीमा रहेको छात्राहरूको एउटा प्राथमिक विद्यालयमा भएको बताएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ताले एजेन्सीलाई बताएअनुसार शनिबार उक्त विद्यालयमा ‘तीनवटा क्षेप्यास्त्र आक्रमण’ भएका थिए । यस आक्रमणमा ६३ जना घाइते भएको पनि उनले बताए ।

अहिले अन्य सम्भावित पीडितहरूको खोजी गर्न विद्यालयबाट भग्नावशेष हटाउने काम भइरहेको प्रवक्ताले जानकारी दिए ।

उता, अलजजिराले भने अर्ध-सरकारी ‘तस्निम’ समाचार एजेन्सीलाई उद्धृत गर्दै दक्षिणी होर्मोज्गान प्रान्तको मिनाबमा रहेको छात्राहरूको एउटा प्राथमिक विद्यालयमा इजरायलले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या अहिले ८५ पुगेको उल्लेख गरेको छ ।

यस सङ्ख्याको तत्काल स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...