Skip to main content

नयाँ तृष्णा

हराएका बालक रोहन थारुको सुरक्षित उद्धार, भारतबाट नेपाल ल्याई परिवारसँग पुनर्मिलन

[adsforwp id="2511"]

मेचीनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर निवासी १६ वर्षीय सोहन उर्फ रोहन थारु हराएपछि भारतमा फेला परेका थिए। उनलाई भारतको कोलकातास्थित “सिनी कलकत्ता होम”मा संरक्षणमा राखि काँकरभिट्टामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा खटिएका संस्था नव अभियान नेपालको समन्वयमा उनको पहिचान र उद्धार प्रक्रिया अगाडि बढाइएको थियो।

बालकको उद्धारका लागि नव अभियान नेपाल र कोलकातास्थित नेपाली दूतावासले संयुक्त पहल गर्दै उनलाई सुरक्षित रूपमा नेपाल ल्याएका हुन्। काँकरभिट्टा नाकामार्फत नेपाल भित्र्याइएका रोहनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।

बुबा सन्तोष थारुका छोरा रोहन सुरक्षित रूपमा घर फर्किएपछि परिवारमा खुशी छाएको छ। परिवारले उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यस सम्बन्धमा संस्थाकी कर्मचारी निशा राईले नयाँ तृष्णा डटकमलाई जानकारी दिँदै बालकको उद्धार तथा पुनर्मिलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...