Skip to main content

नयाँ तृष्णा

भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा

[adsforwp id="2511"]

मेचीनगर, झापा । मेचीनगर प्रेस क्लबद्वारा आयोजना गरिएको इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप–२०८२ को उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै दार्जिलिङका प्रवेश भुजेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा दावा लामाले दोस्रो गोल थपेपछि विजय दार्जिलिङतर्फ उन्मुख बन्यो।

विजेता दार्जिलिङले उपाधिसहित ५० हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गर्‍यो भने उपविजेता भद्रपुरले २५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ । अन्तिम गोलकर्ता दावा लामा फाइनल खेलको म्यान अफ द म्याच घोषित भए र उनले ११ सय रुपैयाँ प्राप्त गरे।

प्रतियोगिता भरिका उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल बने। उत्कृष्ट फर्वर्ड मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक, उत्कृष्ट गोलकिपर भद्रपुरकै सुजक राउत र सर्वाधिक गोलकर्ता दार्जिलिङका प्रवेश भुजेल बने। उत्कृष्ट घोषित खेलाडीले जनही १५ सय रुपैयाँ तथा ट्रफि पाएका थिए।

दुई दिनसम्म चलेको प्रतियोगितामा भारतका दुई र नेपालका छ प्रेस क्लब गरी आठ टोलीको सहभागिता थियो। कार्यक्रम प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । खेल संयोजक खगेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालक प्रबिण अधिकारी रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...