Skip to main content

नयाँ तृष्णा

इरानका सर्वोच्च नेता  खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

[adsforwp id="2511"]

काठमाडौँ, १७ फागुन  – इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाइएको छ। यसअघि अमेरिकी राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यतिबेला इरानबाट औपचारिक पुष्टि भएको थिएन।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार सँगको कुराकानीमा सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरान राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै खामेनीको निधन भएको र ४० दिन शोक मनाइने घोषणा गरेको जानकारी दिएको BBCले जनाएको छ।

यसैबीच अलजजिराका  अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि खामेनी शनिबार बिहान सबेरै मारिएको जनाएको छ। समाचारमा उनी आफ्नो कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेकै बेला आक्रमणमा परेको उल्लेख छ। फार्सका अनुसार सरकारले ४० दिन राष्ट्रिय शोकका साथै सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ। इरानकै तस्निम न्युज एजेन्सीले समेत खामेनीको मृत्यु पुष्टि गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...