झापा, पुस २७। मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो। रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ। उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना…
३१ आश्विन २०८२, शुक्रबार, काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका…
११ आश्विन २०८२, शनिबार, झापा । नेत्रहीन संघ झापाको १९औं साधारण सभा, बडादशैं शुभकामना आदानप्रदान तथा चियापान समारोह शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । संघको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुखको नगेन्द्र प्रसाद संरौला प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेत्रहीन समुदायको हकहित, अधिकार र आगामी योजनासम्बन्धी विभिन्न विषयमा छलफल गरेका थिए , उपप्रमुख संरौलाले २० हजार नगद समेत सहयोग गरेकाथिय तेस्तै अन्या संगसंस्थाबाट पनि अफिसियली स्टेसनरि लगायत विभिन्न सामग्रि सहयोग प्रदान गरेका थिय सो अवसरमा बडादशैं तथा शुभदिपावलि र छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । साथै, संस्थाले अघिल्लो…
२२ भाद्र २०८२, काठमाडौँ। नेपाल सरकारले भदौ १९ गतेदेखि सूचीकरणमा नपरेका फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइनसहित दर्जनौँ सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले सामाजिक सञ्जाल बन्द हुँदा सहज सञ्चारमा अवरोध भएको र यसले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको पहुँच, विद्यार्थीको अध्ययन–अनुसन्धान र अन्वेषणमा गम्भीर असर पारेको उल्लेख गरेका छन्। विद्यार्थी संगठनहरूले हाल करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमा आधारित रहेर बजार विस्तार र ग्राहक सम्पर्क गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै प्रतिबन्धका कारण रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने…
झापा । ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। फिनाले शनिबार सम्पन्न भयो, जहाँ उनले सर्वाधिक भोट प्राप्त गरी १० लाख रुपैयाँ नगद र अन्य पुरस्कारहरू हात पारिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतको अतिथिले पुरस्कार प्रदान गरे । कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।
झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा आयोजना गरिने भएको छ। आज बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक तथा नेवा देय दबु कोशी प्रदेशका पूर्वअध्यक्ष इन्द्रकुमार श्रेष्ठले उक्त जानकारी दिनुभयो। श्रेष्ठका अनुसार लाखे गाईजात्रा कार्यक्रम नेवा देय दबु जिल्ला समिति झापा र सह-आयोजक नेवा मिसा दबु झापाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न विभिन्न ऐतिहासिक नृत्य, गजल तथा मुक्तक प्रतियोगितासमेत राखिने भएको छ। कार्यक्रममा सहभागी विजयीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा झापाका साथै…
लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…
किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको १२ स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो । प्रेस क्लबको स्थापना दिवसकै अवसर पारेर क्लबमा आबद्ध ३९ जना पत्रकारहरुको दुई लाख बराबरको दुर्घटना विमा गरिएको अध्यक्षका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक…
झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो । संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी गीतमा संगीत भरेका छन् । नेपाली चलचित्र र आधुनिक संगीत क्षेत्रमा गजमेरको योगदानलाई उच्च प्रशंसा गरिएको छ। गजमेरसँगै शिक्षासेवी जयनारायण ढुंगानालाई समेत उक्त सम्मान प्रदान गरिएको छ । आयोजक गोर्खा फाउन्डेसनका अध्यक्ष विरू दर्नालका अनुसार समारोहमा यसै कार्यक्रममा गीत-संगीत, साहित्य…