बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक सञ्जालको लतमा फसेकी किशोरी हो। उसका बुवा हरि बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउँछन्। आमा माया छोरीले राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छिन्। तर सृष्टिलाई भने आमा–बुवाको हरेक सम्झाइ नियन्त्रण जस्तो लाग्छ। "मोबाइल धेरै नचलाऊ।" "पढाइमा ध्यान दे।" "अपरिचितसँग धेरै कुरा नगर।" यी शब्दहरू सृष्टिलाई मायाका होइन, बन्देजका आवाज जस्ता लाग्छन्। ऊ विस्तारै परिवारभन्दा मोबाइल र फेसबुकको संसारमा रमाउन थाल्छे। एक दिन फेसबुकमा "रिना गुरुङ" नामकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। आकर्षक प्रोफाइल, मीठो बोली र माया भरिएका सन्देशहरूले…
काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले "बालबालिकामाथि हुने यौनजन्य हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम" शुक्रबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाले बालबालिकासम्बन्धी ऐन, नीति तथा कार्यविधि शीघ्र जारी गर्नुपर्ने विषयमा सहभागीहरूले विशेष जोड दिएका थिए। बाल संरक्षणजस्तो संवेदनशील विषयमा स्थानीय सरकार अभिभावकीय भूमिकामा रहेर प्रभावकारी नेतृत्व, आवश्यक सहयोग तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा वक्ताहरूले व्यक्त गरेका थिए। कार्यक्रममा सिडिएफका अध्यक्ष सोमराज ढकाल, अनुसन्धानकर्ता गोविन्द न्यौपाने, एमजेकेकी अध्यक्ष सीता गुरुङ, भुवन सुब्बा, नव अभियान नेपालका डिल्लीराम थापा मगर, साहसी महिला…
काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ। "Trapped Behind the Scam" (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। अभियानका क्रममा नव अभियान नेपालका प्रतिनिधिहरूले घरदैलो गर्दै मानव बेचबिखन रोकथामसम्बन्धी पर्चा, पुस्तिका (ब्रोसर), जानकारीमूलक सामग्री (लिफलेट) तथा पोस्टर वितरण गरेका थिए। साथै, झुटा रोजगारीका प्रस्ताव, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुन सक्ने शोषण तथा शंकास्पद गतिविधिको जानकारी समयमै सम्बन्धित…
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विकास मञ्चलाई सार्वजनिक सुनुवाइ सञ्चालनको जिम्मा दिएको भए पनि कार्यक्रममा नगरवासीको सहभागिता अत्यन्त न्यून देखिएको थियो। सार्वजनिक सुनुवाइमा अधिकांश सहभागी कर्मचारी, सञ्चारकर्मी तथा केही सीमित व्यक्तिमात्र उपस्थित भएपछि कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ। सहभागीहरूले सार्वजनिक सुनुवाइ केवल औपचारिकता (कर्मकाण्ड) मा सीमित भएको टिप्पणी गरेका छन्। कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवासँग सम्बन्धित विभिन्न समस्याहरू गम्भीर रूपमा उठाइएका थिए। विशेषगरी शिक्षा क्षेत्रका कमजोरीबारे सहभागीहरूले तीखा प्रश्न उठाए पनि नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले चित्तबुझ्दो जवाफ दिन नसकेको सहभागीहरूको भनाइ थियो। भण्डारीले भने नगरपालिकाले शिक्षा क्षेत्रको सुधार…
सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन्। तर बाइबलले वास्तवमा के सिकाउँछ ? आज मेरो व्यक्तिगत बाइबल अध्ययनको क्रममा एज्रा २ अध्याय पढ्दै गर्दा एउटा रोचक कुरा भेट्टाएँ। बाबेलको कैदबाट फर्किएका इस्राएलीहरूको नामावलीमा अदोनीकामका सन्तान ६६६ जना थिए (एज्रा २:१३)। यहाँ ६६६ केवल जनगणनाको संख्या हो। यस पदमा यसलाई अशुभ, श्रापित वा दुष्टताको प्रतीक भनिएको छैन। त्यसपछि मलाई प्रकाश १३:१८ सम्झना आयो, जहाँ ६६६ "पशुको संख्या" भनेर उल्लेख गरिएको छ। तर त्यसको सन्दर्भ भविष्यवाणीको हो। त्यहाँ ६६६ परमेश्वरको विरोध गर्ने शक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ, कुनै पनि…
नेपाल कृषिप्रधान देश हो। यहाँको अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छ। कृषिको मेरुदण्ड मानिने धान खेतीको सुरुवात हुने विशेष दिन असार १५ लाई नेपालभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन का रूपमा हर्षोल्लासका साथ मनाइन्छ। यो दिन किसानको मेहनत, पसिना र आशाको सम्मान गर्ने दिन हो। असार महिनामा मनसुन सक्रिय भएसँगै धान रोपाइँको मुख्य समय सुरु हुन्छ। खेतमा किसानहरू हिलोमा रमाउँदै धान रोप्ने, गीत गाउने र एकअर्कालाई सहयोग गर्ने दृश्यले गाउँघरलाई उत्सवमय बनाउँछ। यसले नेपाली समाजमा सहकार्य, एकता र श्रमको महत्वलाई झल्काउँछ। यस दिन दही र चिउरा खाने परम्पराको आफ्नै सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्व…
झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ आयोजना हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको हो । आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर प्रतिस्पर्धामा उत्रिनेछन् । प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सयसहित ट्रफी प्राप्त…
असार ११ (बिहीबार) , मेचीनगर, श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम सुनुवारले…
धादिङ, चैत १० धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–१ स्थित प्याल्दोर पिक क्षेत्रमा स्थापना गरिएको इसाई धर्मावलम्बीहरूको आस्थाको प्रतीक फलामे क्रस तोडफोड गरिएको घटनाप्रति विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। धादिङ इसाई समाजले जारी गरेको अनुरोधपत्रमा उल्लेख भएअनुसार उक्त क्रस २०७६ साल असोज १९ गते स्थापना गरिएको थियो। हालै अज्ञात व्यक्तिहरूद्वारा क्रस ढालिएको र फालापारिएको अवस्थामा भेटिएको जनाइएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान अझै खुल्न नसकेको समाजले जनाएको छ। धादिङ इसाई समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न तथा इसाई समुदायलाई उचित न्याय दिलाउन सम्बन्धित निकायहरू—वडा कार्यालय, गाउँपालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय—समक्ष आग्रह गरेको छ।…
झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम शुक्रबार झापाको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजनामा तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र भद्रपुर नगरपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब तीन दर्जन सरकारी तथा गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय…