Skip to main content

नयाँ तृष्णा

राजनीति

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
Read More
लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

चितवन . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांसद सागर ढकालले पार्टीको आगामी पदाधिकारी निर्वाचनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सार्वजनिक केन्द्रीय सदस्यको मतपरिणाममा चौथो सर्वाधिक मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् । ढकालले मतदान प्रक्रियाका क्रममा मतपत्रमा उम्मेदवारको नाम खोज्न चुनौतीपूर्ण अवस्था रहे पनि आफूलाई पहिलो चारभित्र पारेर विजयी गराएकोमा प्रतिनिधि तथा मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि समर्थक, शुभेच्छुक तथा परिवर्तनको पक्षमा उभिने सबैको साझा जितका रूपमा व्याख्या गरेका छन् । निर्वाचन परिणामपछि…
Read More
श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

  मेचीनगर । श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत मेचीनगर वडा नं. ७ मा नयाँ वडा समिति गठन गरेको छ। बुधबार सम्पन्न भेलाले श्रम संस्कृति पार्टी मेचीनगर नगर अध्यक्ष पदम सुनुवारको अध्यक्षतामा वडा नं. ७ कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवगठित समितिको अध्यक्षमा सन्तोष बि.क. चयन भएका छन्। त्यसैगरी समितिको उपाध्यक्षमा धन राई र कुमार थापा मगर, महिला उपाध्यक्षमा दिपा राई, सचिवमा तारा वीर लिम्बु, सह–सचिवमा श्यामलाल सोरेन तथा कोषाध्यक्षमा सुस्मिता मुर्मु चयन भएका छन्। समितिका सदस्यहरूमा धनबहादुर राई, विनोद राजवंशी, किसान राई, धनबहादुर गुरुङ, अमर मेचे, आकेश राजवंशी, बाबु राजवंशी, टेककुमार सुनुवार, समिर लिम्बु…
Read More
काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

असार ११ (बिहीबार) , मेचीनगर,  श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम सुनुवारले…
Read More
रास्वपा महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र

रास्वपा महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र

  ८ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (सोमबार) दोस्रो दिन महत्त्वपूर्ण बन्दसत्र सञ्चालन हुँदै छ। आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशन असार ९ गतेसम्म चल्ने कार्यतालिका छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गर्ने आजको बन्दसत्रमा विधान संशोधन, विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदनहरूमाथिको छलफल र पारित गर्ने कार्यसूची रहेको छ । बन्दसत्रको सम्पूर्ण प्रक्रिया सकिएलगत्तै महाधिवेशन आयोजक समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेको छ । यस्तो छ आजको बन्दसत्रको कार्यतालिका: पार्टी सभापति रवि लामिछानेले बिहान ८:३० बजे बन्दसत्रको दोस्रो सत्र प्रारम्भ गरेसँगै प्रतिवेदनहरू पेश हुने क्रम…
Read More
कांग्रेस सभापति थापाले दिए रास्वपा महाधिवेशनको शुभकामना

कांग्रेस सभापति थापाले दिए रास्वपा महाधिवेशनको शुभकामना

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति थापाले आइतार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई महाधिवेशनको सफलताको शुभकामना दिएका हुन् । थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन् । उनले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन् । ‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण…
Read More
रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि सुरु, ५ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै

रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि सुरु, ५ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै

  काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी स्थापना भएको चार वर्षपछि हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ता चितवन पुग्ने क्रम तीव्र बनेको छ । महाधिवेशनका लागि चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई मुख्य स्थल बनाइएको छ । पार्टीले यसलाई आफ्नो संगठनात्मक सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक दिशानिर्देशन तय गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ । महाधिवेशनमा देशभरका ६६ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने भएका छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार देशभरबाट करिब ५ हजार ६ सय…
Read More
रास्वपा महाधिवेशन : प्रतिनिधिबाट उठ्यो करिब २ करोड रकम

रास्वपा महाधिवेशन : प्रतिनिधिबाट उठ्यो करिब २ करोड रकम

  काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् । रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् ।
Read More
आउँदो दशकको नेपाल :दलका युवा नेता र जेनजीले गर्दैछन् भविष्यको बहस

आउँदो दशकको नेपाल :दलका युवा नेता र जेनजीले गर्दैछन् भविष्यको बहस

  काठमाडौं - नेपालको भविष्य, विकासको दिशा, राजनीतिक सुधार, आर्थिक सम्भावना र प्रविधिको प्रभावबारे बहस गर्न विभिन्न राजनीतिक दलका युवा नेता, नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ तथा जेनजी पुस्ताका अगुवाहरू शुक्रबार काठमाडौंमा एकै मञ्चमा भेला हुँदैछन्। नेपाल फ्युचर फोरमद्वारा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ सम्मेलन काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको द ब्लु प्याभिलियनमा शुक्रवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा नेपालको आगामी दशकको राजनीतिक, आर्थिक, प्राविधिक तथा सामाजिक यात्राबारे गहन छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनको संयोजन युवा नेता अब्दुस मियाले गर्दैछन् ।‌ कार्यक्रमको उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठ ले “नेपालको आर्थिक सम्भावना : सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण” विषयमा प्रमुख मन्तव्य दिनेछन्। उनले लगानी, व्यापार, जलविद्युत्, उद्यमशीलता र नवप्रवर्तनमार्फत नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। सम्मेलनको अर्को महत्वपूर्ण सत्र “प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्य” रहनेछ। यस सत्रमा कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र र प्रविधिमार्फत नेपालले हासिल गर्न सक्ने अवसर तथा चुनौतीमाथि बहस हुनेछ। दिउँसो हुने “लोकतन्त्र, सुशासन र राजनीतिको भविष्य” विषयक उच्चस्तरीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा सांसदहरू सहभागी हुँदैछन्। उनीहरूले नेपालको राजनीतिक भविष्य, लोकतान्त्रिक अभ्यास, सुशासन र युवा पुस्ताको भूमिकाबारे धारणा राख्नेछन्। सम्मेलनको विशेष आकर्षणका रूपमा रहेको ‘फ्युचर टक्स’ मा विभिन्न क्षेत्रका जेनजी तथा युवा अगुवाहरूले राष्ट्र निर्माण, नवप्रवर्तन, पत्रकारिता, विपद् व्यवस्थापन, संवैधानिक सुधार, वातावरणीय चुनौती र नयाँ पुस्ताको राजनीतिक सोचबारे प्रस्तुति दिनेछन्। यसअन्तर्गत रवि किरण हमाल ले “पोस्ट जेनजी राजनीति : व्यवधानबाट राष्ट्र निर्माणतर्फ” विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। कार्यक्रममा अन्य युवा वक्ताहरूले पनि नेपालको भविष्य निर्माणमा युवा पुस्ताको भूमिका र सम्भावनाबारे विचार राख्नेछन्। आयोजकका अनुसार सम्मेलनको उद्देश्य विभिन्न विचार, अनुभव र दृष्टिकोणलाई एउटै मञ्चमा ल्याएर नेपालको दीर्घकालीन भविष्यबारे सार्थक राष्ट्रिय संवादको वातावरण सिर्जना गर्नु हो। सम्मेलनलाई आर्थिक, राजनीतिक, प्राविधिक र सामाजिक रूपान्तरणका लागि आवश्यक दीर्घकालीन सोच र सहकार्यलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
Read More
श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए । सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए । ‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका…
Read More