Skip to main content

नयाँ तृष्णा

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

Advertisement

३ असार,

काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए ।

सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए ।

तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे ।

त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए ।

‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले भनेका छन् ।

सभामुख अर्यालले पटकपटक आसनग्रहणका लागि अनुरोध गरे । यद्यपि उनीहरूले अवरोध नरोकेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार, बैठक आजै १५ मिनेटका लागि स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...
कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती ...
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्...
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष क...