चितवन . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांसद सागर ढकालले पार्टीको आगामी पदाधिकारी निर्वाचनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सार्वजनिक केन्द्रीय सदस्यको मतपरिणाममा चौथो सर्वाधिक मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् । ढकालले मतदान प्रक्रियाका क्रममा मतपत्रमा उम्मेदवारको नाम खोज्न चुनौतीपूर्ण अवस्था रहे पनि आफूलाई पहिलो चारभित्र पारेर विजयी गराएकोमा प्रतिनिधि तथा मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि समर्थक, शुभेच्छुक तथा परिवर्तनको पक्षमा उभिने सबैको साझा जितका रूपमा व्याख्या गरेका छन् । निर्वाचन परिणामपछि…
काँकरभिट्टा, झापा । मेचीनगरमा बाल संरक्षणको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार काँकरभिट्टा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ। बाल जागरण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाको बेचबिखन, बालविवाह, लागूऔषधको कुलत, बालश्रम लगायत बालअधिकारसँग सम्बन्धित विविध जटिल विषयमा छलफल गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा यूएनडीपी (UNDP) का अनुसन्धानकर्ता दिलकुमार मगर, माइती नेपालका गोविन्द घिमिरे, नेपाल प्रहरीका प्रतिनिधि प्रहरी नायव निरीक्षक मिलनकुमारी राई , नाइट चेस क्लबका गोविन्द न्यौपाने, प्रदेश संयोजक सोमराज ढकाल, बाल जागरण मञ्चका मणिकुमार लिम्बू, महिला जनचेतना केन्द्रकी मनिला उप्रेती तथा नव अभियान नेपालका डिल्ली राम थापा मगरलगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले आ–आफ्नो क्षेत्रबाट बाल संरक्षणका लागि भइरहेका…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति थापाले आइतार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई महाधिवेशनको सफलताको शुभकामना दिएका हुन् । थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन् । उनले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन् । ‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण…
झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा परेको छ । पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । नियम उल्लंघनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानूनी…
काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनका श्रीमान ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापासहित अन्य तीन जना रहेका छन्। प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भएको घरेलु विवादका क्रममा थापाले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि आक्रमण गरेका थिए। घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनासम्बन्धी जाहेरीका आधारमा थप तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ। अदालतबाट पाँच दिनको म्याद…
- किरण सुनुवार, आजको समयमा मानिसहरू धेरै संख्यामा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) र 'इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन' (IHME) द्वारा हालै (मे २०२६ मा) सार्वजनिक गरिएको सबैभन्दा नयाँ र विस्तृत अनुसन्धान अनुसार, विश्वभरका लगभग १५% मानिसहरू (अर्थात् प्रत्येक ७ जनामा १ जना) कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्। मानसिक स्वास्थ्य बिग्रनुका पछाडि धेरै कारणहरू हुन्छन्। तर, हामीले हाम्रो मस्तिष्क र भावनाहरूलाई नियन्त्रण वा व्यवस्थापन गर्न नसक्दा यसको सिकार भइने कुरामा कुनै दुईमत छैन। मानिसको मुड, भावना, र मानसिक स्वास्थ्यलाई नियन्त्रण गर्ने मस्तिष्क तथा शरीरका यी प्राकृतिक रासायनिक सन्देशवाहकहरूलाई मनोविज्ञानको भाषामा…
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरेको आयोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । उक्त आयोग असंवैधानिक र पूर्वाग्रही रहेको टिप्पणी गर्दै उनले आफूले कुनैपनि प्रकारको सहयोग वा बयान नदिने घोषणा गरेका हुन् । बुधवार काठमाडौंमा आयोजित दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संवैधानिक र कानूनी निकायहरू क्रियाशील रहँदा–रहँदै नयाँ समिति बनाउनु विपक्षी दलका नेताहरूलाई फसाउने नियत भएको दाबी गरेका छन् । उनले यस कदमलाई २०६१ माघ १९ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक विरोधीहरूलाई दमन गर्न गठन गरेका ‘सो–कलड’ आयोगहरूसँग…
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् ।अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।
झापा । नेपाली काँग्रेस का वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व: तम्मर राईकी धर्मपत्नी सुशीला राईको २०८३ साल जेठ १५ गते निधन भएको छ। उहाँ २०१४ साल जेठ ११ गते जन्मनुभएको थियो। मेचीनगर–६ काँकरभिट्टा निवासी राई लामो समयदेखि सुगर रोगबाट पीडित हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार अचानक हर्टअट्याक भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेपछि राति करिब ३ बजे उहाँको शव घर ल्याइएको थियो। स्वर्गीय राई झापा जिल्ला महिला ईसाई समाज तथा मेचीनगर आमा दिदीबहिनी ईसाई समाजकी समेत पूर्व अध्यक्ष हुनुहुन्थ्यो। साथै उहाँ क्वाइनोनिया दिव्य शान्ति चर्चकी सक्रिय सदस्य हुनुहुन्थ्यो। मण्डली तथा समाज सेवामा समर्पित…
१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो सैन्य आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भन्दै कडा प्रतिक्रिया दिएको छ। इरानी विदेश मन्त्रालयले अमेरिकाले होर्मोज्गान क्षेत्रमा पटक–पटक हमला गरेर सहमतिको उल्लंघन गरेको आरोप लगाएको हो। बीबीसी फारसी सेवाका अनुसार, इरानले अप्रिल ९ मा युद्धविराम घोषणा भएपछि पनि अमेरिकी सेनाले निरन्तर उक्साहटपूर्ण गतिविधि जारी राखेको दाबी गरेको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरैपटक युद्धविराम तोडेको छ। इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन।” यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी कदमको प्रतिकार गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएको…