४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एकमात्र गोल स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसअघि निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भएका थिए। त्यससँगै अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो, जसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल गर्दै उपाधि आफ्नो पक्षमा…
काठमाडौं । न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सबैभन्दा विलासी र अकल्पनीय मूल्यको प्रतियोगिता बनेको छ । सम्भवत लियोनेल मेसीको अन्तिम विश्वकप म्याच र लामिन यामलको उदयबीचको यो ऐतिहासिक भिडन्त हेर्न चाहने समर्थकका लागि टिकटको मूल्य यतिसम्म आकाशिएको छ कि खेल सुरु हुन २४ घण्टा पनि बाँकी नहुँदा पुनर्बिक्री (रिसेल) बजारमा एउटा टिकटको मूल्य २३ लाख अमेरिकी डलर अर्थात् करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँसम्म पुगेको छ । टिकट विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार फिफाले प्रयोग गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणाली र टिकटहरूलाई चरणबद्ध रूपमा सार्वजनिक गर्ने रणनीतिक चालले नै माग…
३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो । ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने । नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल…
काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै यस्तो पहल अघि बढाइएको टिकटकले जनाएको छ । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने…
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ। अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा विदेश पठाउने प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। मंगलबार अदालतले सजाय निर्धारण गरेको हो। उनलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै सोही कसुरमा थप ६ महिनाको कैद सजाय पनि निर्धारण गरिएको…
काठमाडौं । बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भ्यानकुभरमा भएको खेलमा लिएन्ड्रो ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरे। समूह ‘जी’मा पाँच अङ्कसहित बेल्जियम समूह विजेता बनेको छ भने इजिप्ट उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ। इरान तेस्रो र न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। प्रतिक्रिया
- किरण सुनुवार, बाइबलको पुरानो नियममा वर्णन गरिएको लिव्यात्तान जस्तो विशाल, शक्तिशाली र भयानक समुन्द्री जीवको विषयले हामीमा ठूलो कौतूहल जगाउन सक्छ। विशेष गरी बाइबलको अय्यूब ४१ अध्यायमा यस जीवको शारीरिक बनावट, वैभव र शक्तिको विस्तृत बयान गरिएको छ, जहाँ यसलाई पृथ्वीकै सबैभन्दा निडर प्राणीको रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसको ढाड दर्शन ढुङ्गाको पर्खालले जस्तै घेरिएको छ, जसमा एउटामाथि अर्को खप्टिएका कत्लाहरू यसरी जोडिएका छन् कि तिनको बीचबाट हावा पनि छिर्न सक्दैन। यसलाई कुनै पनि मानव निर्मित भाला वा काँडले छेड्न असम्भव छ। यस अध्यायको पद १८ देखि २१ सम्म त यसको भयानक शक्तिको बयान गर्दै लेखिएको छ कि यसको…
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने जनाएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले अनुमति नलिई खेल प्रदर्शनका नाममा भिडभाड नगर्न तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सबै संघसंस्था तथा कम्पनीलाई आग्रह गरेको हो। विश्वकप प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुँदैछ। प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संस्था वा कम्पनीले ठूलो पर्दामा खेल देखाउने योजना बनाएमा कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। अनुमति प्राप्तिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ। कार्यालयले प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानको अवस्था, सुरक्षा…
काठमाडौं । विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ । पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ । विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ । सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक…