४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एकमात्र गोल स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसअघि निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भएका थिए। त्यससँगै अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो, जसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल गर्दै उपाधि आफ्नो पक्षमा…
काठमाडौं । न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सबैभन्दा विलासी र अकल्पनीय मूल्यको प्रतियोगिता बनेको छ । सम्भवत लियोनेल मेसीको अन्तिम विश्वकप म्याच र लामिन यामलको उदयबीचको यो ऐतिहासिक भिडन्त हेर्न चाहने समर्थकका लागि टिकटको मूल्य यतिसम्म आकाशिएको छ कि खेल सुरु हुन २४ घण्टा पनि बाँकी नहुँदा पुनर्बिक्री (रिसेल) बजारमा एउटा टिकटको मूल्य २३ लाख अमेरिकी डलर अर्थात् करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँसम्म पुगेको छ । टिकट विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार फिफाले प्रयोग गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणाली र टिकटहरूलाई चरणबद्ध रूपमा सार्वजनिक गर्ने रणनीतिक चालले नै माग…
३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो । ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने । नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल…
काठमाडौं । बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भ्यानकुभरमा भएको खेलमा लिएन्ड्रो ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरे। समूह ‘जी’मा पाँच अङ्कसहित बेल्जियम समूह विजेता बनेको छ भने इजिप्ट उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ। इरान तेस्रो र न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। प्रतिक्रिया
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने जनाएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले अनुमति नलिई खेल प्रदर्शनका नाममा भिडभाड नगर्न तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सबै संघसंस्था तथा कम्पनीलाई आग्रह गरेको हो। विश्वकप प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुँदैछ। प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संस्था वा कम्पनीले ठूलो पर्दामा खेल देखाउने योजना बनाएमा कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। अनुमति प्राप्तिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ। कार्यालयले प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानको अवस्था, सुरक्षा…
काठमाडौं । विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ । पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ । विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ । सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक…
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए…
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालका ओपनर कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट इनिङ्स खेल्दै ११७ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरे। आसिफले ५९ रनको योगदान दिए। यसअघि टस जितेर ब्याटिङ गरेको संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीले १९५ रन बनाएको थियो। स्मित पटेलले ८४ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट र सोमपाल कामीले २ विकेट लिए। यो जितसँगै…
२१ बैशाख २०८३, सोमबार, काठमाडौं । पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घघाटन गरेका छन् । सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको रूपमा स्थापित यस क्लबको उद्घघाटन गर्दै थर्मनले नेपाली बक्सिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले पूर्व विश्व च्याम्पियन थर्मनलाई भव्य स्वागत गरेका थिए ।कार्यक्रममा एनपीबीसीका तर्फबाट थर्मनलाई मानार्थ सल्लाहकारको जिम्मेवारी सुम्पिँदै आधिकारिक…
५ बैशाख, झापा । झापाकाे मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि आदर्श युवा क्लब बुधबारेले जितेको छ । शनिबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । खेलको सुरुआतदेखि नै आक्रामक देखिएको आदर्श युवा क्लबले पहिलो हाफमै खेलमा नियन्त्रण जमाएको थियो । खेलको ९ औँ मिनेटमा सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उक्त गोलपछि झनै आत्मविश्वासका साथ मैदान उत्रिएको आदर्शले आयोजकमाथि निरन्तर दबाब बनाइरह्यो । पहिलो हाफमा थप गोल हुन नसके पनि आदर्शले…