नयाँ तृष्णा

अमेरिकाविरुद्ध नेपालको शानदार जित

Advertisement

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो ।

अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे ।

अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८३ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३ कुशल भुर्तेलले २९ रन, आरिफ शेखले १८ रन र गुल्सन झाले १५ रन जोडे ।

अमेरिकाका लागि शुभम रन्जाने तीन विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान एक–एक विकेट लिए ।आजको जितसँगै नेपाल अङ्क तालिकामा २८ खेलपछि ११ जित, १५ हार र दुई वटा अनिर्णितसहित २४ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...