नयाँ तृष्णा

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

Advertisement

 

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताहरूको आज संयुक्त बैठक बसेर प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्ता नलिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।

‘सीमा अतिक्रमण सम्बन्धी प्रधामन्त्रीले हिजो संसदमा बोलेका कुरा राष्ट्रघाती हो भन्ने निष्कर्ष रह्यो,’ नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने, ‘यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसदबाटै देशबासीको नाममा माफी माग्नुपर्ने माग राखेर प्रतिपक्षी दलहरुले संसद अवरोध गर्ने निष्कर्ष छ ।’

आकस्मिक समय लिएर आइतबार, संसद बैठकमा पुगेका प्रधानमन्त्री शाहले सांसदहरुलाई जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति विपक्षी सांसदहरूले सोमबारकै संसद् बैठकमा आवाज उठाएका थिए ।

नेपाली कांग्रेसका सांसद वासना थापाले नेपालले भारतको जग्गा मिचेको तथ्य मागेकी थिइन् । अरू सांसदले पनि उनकै कुरामा सहमति जनाएका थिए ।

यसपछि अलग–अलग बक्तव्य निकालेर आपत्ति जनाएका विपक्षी दलहरूको सिंहदरबारमा संयुक्त बैठक बस्यो । २१ फागुनको निर्वाचनपछि विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका नेताहरु सम्मिलित यो पहिलो बैठक हो ।

संयुक्त बैठकको असर संघीय संसदमा संयुक्त प्रतिवाद गरेर सुरु भइसकेको छ । राष्ट्रिय सभामा त सिंगो हाउसले संयुक्त प्रतिवाद गर्ने स्थिति बन्यो । त्यहाँ रास्वपा नहुँदा देखिने दृष्य नै यस्तो थियो । ‘इतिहासमा कसैले नभनेको, कुनै तथ्यले पुष्टि नगर्ने देशघाती अभिव्यक्ति प्रधानमन्त्रीले संसद् बैठकमै बोल्नु भएपछि हामी सबै मिल्नुपर्ने स्थिति आयो,’ एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल भन्छन् ।

राष्ट्रिय सभामा रहेका कांग्रेस, एमाले, नेकपा, जसपा र जनमोर्चाको संयुक्त बैठक बसेर प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन दबाब दिने निष्कर्ष निकालिएको छ । प्रतिनिधि सभामा बहुमत ल्याएर रास्वपाले सरकारको नेतृत्व गर्दा राष्ट्रिय सभाको पुरै हल विपक्षी बनिसकेको थियो । तर प्रधानमन्त्रीको अभिव्यक्ति पछि प्रतिनिधि सभा चुनावले तयार पारेको समीकरण कार्यान्वयनमा गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...