Skip to main content

नयाँ तृष्णा

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

Advertisement

५ बैशाख,

झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि आदर्श युवा क्लब बुधबारेले जितेको छ । शनिबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको आदर्श युवा क्लबले पहिलो हाफमै खेलमा नियन्त्रण जमाएको थियो । खेलको ९ औँ मिनेटमा सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उक्त गोलपछि झनै आत्मविश्वासका साथ मैदान उत्रिएको आदर्शले आयोजकमाथि निरन्तर दबाब बनाइरह्यो । पहिलो हाफमा थप गोल हुन नसके पनि आदर्शले खेलको लय आफ्नो पक्षमा राख्न सफल भयो ।

दोस्रो हाफमा पनि आदर्शले आफ्नो प्रभाव कायम राख्दै खेललाई एकतर्फी बनायो । खेलको ५४ औँ मिनेटमा दिवस बाँस्तोलाले अर्को सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि आयोजक टोली खेलमा फर्किने प्रयासमा लागे पनि आदर्शको मजबुत डिफेन्स र सन्तुलित मिडफिल्डका कारण सफल हुन सकेन । खेलको ६७ औँ मिनेटमा सनिल लामाले थप एक गोल गर्दै आदर्शको जित सुनिश्चित गरे । त्यसपछि बाँकी समय दुवै टोलीबाट प्रयास भए पनि थप गोल हुन सकेन र खेल ३–० को नतिजासहित समाप्त भयो ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आदर्शका खमिर गिल्सन कन्दङवा ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो । सर्वाधिक गोलकर्ताको उपाधि आयोजक टोलीका साहिल धिमालले जित्दा उत्कृष्ट गोलरक्षक आदर्शका उपेन्द्र ल्वागुन घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर आयोजकका अनुसरण राई र इमर्जिङ प्लेयर अंश श्रेष्ठ बने । यी सबै विजेताहरूले जनही नगद रु. ३ हजार १ सय तथा ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसहित ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डीएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे गरी जम्मा १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताले जिल्लास्तरमा फुटबल खेलको विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको समापन कार्यक्रम नकलबन्दा स्पोर्टिङ क्लबका अध्यक्ष भक्त गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो भने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर ‘मामा’ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की, वडा नं. ६ का कार्यवाहक अध्यक्ष भविन्द्र सुब्बा, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरू पुष्पकुमार गेलाल र देवीमाया विक, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी नकलबन्दा बचत तथा ऋण सहकारीका अध्यक्ष केशरप्रसाद तिम्सिना, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, प्रहरी चौकी नकलबन्दाका प्रमुख अशोक चौहान, विओपी नकलबन्दाका प्रमुख सूर्य श्रेष्ठ तथा सल्लाहकार सदस्यहरू पर्शुराम पराजुली, मेघराज गेलाल र होमराज गुरुङ्ग, पत्रकार झुलन रेग्मी, युवराज आचार्यलगायतकाे आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष हिरा सुर्खेतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव सुरज तामाङले गरेका थिए । प्रतियोगिताको सफल आयोजनाले स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउन थप प्रेरणा मिलेको विश्वास आयोजकले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...