बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक सञ्जालको लतमा फसेकी किशोरी हो। उसका बुवा हरि बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउँछन्। आमा माया छोरीले राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छिन्। तर सृष्टिलाई भने आमा–बुवाको हरेक सम्झाइ नियन्त्रण जस्तो लाग्छ। "मोबाइल धेरै नचलाऊ।" "पढाइमा ध्यान दे।" "अपरिचितसँग धेरै कुरा नगर।" यी शब्दहरू सृष्टिलाई मायाका होइन, बन्देजका आवाज जस्ता लाग्छन्। ऊ विस्तारै परिवारभन्दा मोबाइल र फेसबुकको संसारमा रमाउन थाल्छे। एक दिन फेसबुकमा "रिना गुरुङ" नामकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। आकर्षक प्रोफाइल, मीठो बोली र माया भरिएका सन्देशहरूले…
काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै यस्तो पहल अघि बढाइएको टिकटकले जनाएको छ । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने…
सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन्। तर बाइबलले वास्तवमा के सिकाउँछ ? आज मेरो व्यक्तिगत बाइबल अध्ययनको क्रममा एज्रा २ अध्याय पढ्दै गर्दा एउटा रोचक कुरा भेट्टाएँ। बाबेलको कैदबाट फर्किएका इस्राएलीहरूको नामावलीमा अदोनीकामका सन्तान ६६६ जना थिए (एज्रा २:१३)। यहाँ ६६६ केवल जनगणनाको संख्या हो। यस पदमा यसलाई अशुभ, श्रापित वा दुष्टताको प्रतीक भनिएको छैन। त्यसपछि मलाई प्रकाश १३:१८ सम्झना आयो, जहाँ ६६६ "पशुको संख्या" भनेर उल्लेख गरिएको छ। तर त्यसको सन्दर्भ भविष्यवाणीको हो। त्यहाँ ६६६ परमेश्वरको विरोध गर्ने शक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ, कुनै पनि…
मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक सम्पन्न गरेको छ। मेचीनगर–६ का वडा अध्यक्ष ध्रुवकुमार राई को प्रमुख आतिथ्यता तथा शाखा प्रमुख मात्रिका गुरुङ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रितिका थामीले संस्थाको त्रैमासिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनअनुसार मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य अभियानअन्तर्गत सीमा अनुगमन, सूचना सम्प्रेषण, उद्धार तथा बचावट, परामर्श सेवा, आकस्मिक आवास गृह सञ्चालन, भारतबाट उद्धार तथा स्वदेश फिर्ती, चितवनस्थित पुनःस्थापना केन्द्रमार्फत सेवा प्रवाह, व्यावसायिक सीप विकास तालिम, सामाजिक नेतृत्व विकास तालिम, पारिवारिक पुनर्मिलन, समुदाय परिचालन, सचेतना तथा पैरवीलगायतका…
झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा परेको छ । पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । नियम उल्लंघनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानूनी…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ। राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। १. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ २. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श…
२२ बैशाख २०८३, मंगलवार, मेचीनगर । असल मित्र नेपाल झापा शाखाले मंगलबार मेचीनगर–६ स्थित घारी रेष्टुरेन्टमा सहकार्य बैठक सम्पन्न गरेको छ। झापा शाखा अध्यक्ष दल बहादुर गुरुङ (रमेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने संस्थाका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर सुनुवार विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा वडा प्रतिनिधि, सुरक्षा निकाय तथा महिला र बालबालिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सामाजिक समस्या न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा महिला–बालबालिका संरक्षणका लागि आपसी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै असल मित्र नेपालका केन्द्रीय अध्यक्षले संस्थाले समाजमा सकारात्मक परिवर्तन…
काठमाडौं । विश्वभरका लाखौँ वेबसाइट मालिकहरूले प्रयोग गर्ने वेब सर्भर व्यवस्थापन सफ्टवेयर ‘सी-प्यानल’ र ‘वेबहोस्ट म्यानेजर’ मा एउटा गम्भीर सुरक्षा कमजोरी फेला परेको छ। सिभिइ -२०२६-४१९४० (CVE-2026-41940) नाम दिइएको यो प्राविधिक त्रुटिका कारण ह्याकरहरूले लग-इन प्रक्रियालाई सहजै छलेर सर्भरमा पूर्ण नियन्त्रण जमाउन सक्ने सुरक्षा अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। सी-प्यानल र डब्लुएचएम सफ्टवेयरले वेबसाइटका डाटा, इमेल र महत्त्वपूर्ण कन्फिगरेसनहरूमा गहिरो पहुँच राख्ने हुनाले यो कमजोरीको फाइदा उठाएर ह्याकरहरूले संवेदनशील सूचनाहरू चोरी गर्न सक्ने उच्च जोखिम बढेको छ। क्यानडाको राष्ट्रिय साइबर सुरक्षा एजेन्सीले यस कमजोरीको दुरुपयोग हुने सम्भावना निकै उच्च रहेको बताएको छ, विशेष गरी ठूला वेब होस्टिङ कम्पनीहरूको ‘सेयर्ड होस्टिङ’ सर्भरमा रहेका…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो । मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहरूमा गएराति १ बजेदेखि पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावमा समायोजन गरिएको निगमले जनाएको छ ।
काँकरभिट्टा । नव अभियान नेपाल शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा नेपाल–भारत क्रस बोर्डर कोर्डिनेशन मिटिङ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाई रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ तथा कञ्चनजंघा उद्धार केन्द्र, सिलगुरीका प्रभात पाठकको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक भरत धमला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलन कुमारी राई, कञ्चनजंघा उद्धार केन्द्रका रंगु शौरिया, राजु नेपाली तथा तेजकुमार थापाले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा…