नयाँ तृष्णा

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

Advertisement

 

मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक सम्पन्न गरेको छ।

मेचीनगर–६ का वडा अध्यक्ष ध्रुवकुमार राई को प्रमुख आतिथ्यता तथा शाखा प्रमुख मात्रिका गुरुङ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रितिका थामीले संस्थाको त्रैमासिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

प्रतिवेदनअनुसार मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य अभियानअन्तर्गत सीमा अनुगमन, सूचना सम्प्रेषण, उद्धार तथा बचावट, परामर्श सेवा, आकस्मिक आवास गृह सञ्चालन, भारतबाट उद्धार तथा स्वदेश फिर्ती, चितवनस्थित पुनःस्थापना केन्द्रमार्फत सेवा प्रवाह, व्यावसायिक सीप विकास तालिम, सामाजिक नेतृत्व विकास तालिम, पारिवारिक पुनर्मिलन, समुदाय परिचालन, सचेतना तथा पैरवीलगायतका कार्यक्रम सञ्चालन गरिएका छ ।

त्रैमासिक उपलब्धिअनुसार सूचना सम्प्रेषणतर्फ १ हजार ७४८ को लक्ष्य राखिएकोमा १ हजार १९६ जनासम्म सूचना पुर्‍याइएको छ। परामर्श सेवातर्फ ५०६ को लक्ष्यमा ४३७ जनालाई सेवा प्रदान गरिएको छ। उद्धार तथा बचावटतर्फ ३३ को लक्ष्यमा ३५ जनाको उद्धार गरिएको छ भने प्रहरीको सहयोगमा घटना व्यवस्थापनतर्फ पनि ३३ को लक्ष्यमा ३५ वटा घटनाको व्यवस्थापन गरिएको छ।

त्यसैगरी, आपतकालीन आवास गृह सेवातर्फ १५ को लक्ष्यमा २६ जनालाई सेवा प्रदान गरिएको छ भने सुरक्षित आवास गृहमा प्रेषणतर्फ ६ को लक्ष्यमा ४ जनालाई प्रेषण गरिएको प्रतिवेदनमा उल्लेख छ। पारिवारिक पुनर्मिलनतर्फ २८ को लक्ष्यमा ३१ जनाको पुनर्मिलन गरिएको छ भने कानुनी सहायतातर्फ १ को लक्ष्यमा २ जनालाई सेवा प्रदान गरिएको छ। पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापनामा समावेश भएका किशोरीहरूको फोन फलोअपतर्फ ३३ को लक्ष्यमा ४० जनासम्म पहुँच पुर्‍याइएको छ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै  माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे र नेपाल प्रहरी नायव निरीक्षक मिलनकुमारी राई ले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए। उनीहरूले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय समितिको भूमिकाबारे समेत जानकारी गराएका थिए।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सीता अधिकारीले गरेकी थिइन्।

कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरण, पीडितको उद्धार, संरक्षण, पुनर्स्थापना तथा सामाजिक पुनःएकीकरणका क्षेत्रमा आफन्त नेपालले गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

  मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा...
अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

  ४ असार,                       &nb...
झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

  झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा...
श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विन...