Skip to main content

नयाँ तृष्णा

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

Advertisement

 

काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ।

“Trapped Behind the Scam” (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

अभियानका क्रममा नव अभियान नेपालका प्रतिनिधिहरूले घरदैलो गर्दै मानव बेचबिखन रोकथामसम्बन्धी पर्चा, पुस्तिका (ब्रोसर), जानकारीमूलक सामग्री (लिफलेट) तथा पोस्टर वितरण गरेका थिए। साथै, झुटा रोजगारीका प्रस्ताव, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुन सक्ने शोषण तथा शंकास्पद गतिविधिको जानकारी समयमै सम्बन्धित निकायमा गराउनुपर्ने विषयमा स्थानीयवासीलाई सचेत गराइएको थियो।

त्यसैगरी, मानव बेचबिखनका पीडितको अधिकार संरक्षण, बाल संरक्षण, सुरक्षित वैदेशिक रोजगार तथा मानव बेचबिखन रोकथाममा समुदायको सक्रिय भूमिकाबारे समेत जानकारी दिइएको थियो।

नव अभियान नेपालले समुदायस्तरमै सञ्चालन गरिएका यस्ता जनचेतनामूलक अभियानले मानव बेचबिखनविरुद्ध सचेतना अभिवृद्धि गर्न, जोखिम न्यूनीकरण गर्न तथा सुरक्षित र बेचबिखनमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

  काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्ष...
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

  काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न भोलि बिहान ८ः०० ...
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

  काठमाडौँ। नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्र...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सुनसरीका विभिन्न स्थानहरू तोकेर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । यसअघि बिहान ७ बजेबाट ...