Skip to main content

नयाँ तृष्णा

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

Advertisement

 

सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन्। तर बाइबलले वास्तवमा के सिकाउँछ ?

आज मेरो व्यक्तिगत बाइबल अध्ययनको क्रममा एज्रा २ अध्याय पढ्दै गर्दा एउटा रोचक कुरा भेट्टाएँ। बाबेलको कैदबाट फर्किएका इस्राएलीहरूको नामावलीमा अदोनीकामका सन्तान ६६६ जना थिए (एज्रा २:१३)। यहाँ ६६६ केवल जनगणनाको संख्या हो। यस पदमा यसलाई अशुभ, श्रापित वा दुष्टताको प्रतीक भनिएको छैन।

त्यसपछि मलाई प्रकाश १३:१८ सम्झना आयो, जहाँ ६६६ “पशुको संख्या” भनेर उल्लेख गरिएको छ। तर त्यसको सन्दर्भ भविष्यवाणीको हो। त्यहाँ ६६६ परमेश्वरको विरोध गर्ने शक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ, कुनै पनि ६६६ अंक भएको वस्तु वा संख्यालाई अशुभ घोषणा गर्नका लागि होइन।
त्यसैले बाइबलको सही अध्ययनले हामीलाई एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ—संख्याभन्दा सन्दर्भ महत्त्वपूर्ण हुन्छ। एउटै अंक फरक सन्दर्भमा फरक अर्थ राख्न सक्छ।

यसकारण, घर नम्बर, फोन नम्बर, बिल, गाडी नम्बर वा कुनै गणनामा ६६६ देखियो भन्दैमा डराउनु वा त्यसलाई ख्रीष्ट-विरोधीको चिन्ह ठान्नु आवश्यक छैन। बाइबलले हामीलाई अन्धविश्वास होइन, सत्यको ज्ञान र विवेकका साथ हिँड्न सिकाउँछ।

“बाइबलको कुनै पनि पदको सही अर्थ बुझ्न सधैं त्यसको सन्दर्भलाई प्राथमिकता दिऔँ, केवल अंकलाई होइन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

कृष्ण सिंजाली (झापा), सन् २०२६ को असारको अन्तिम दिन। भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार...
IGBVRN परियोजनाअन्तर्गत हिंसा प्रभावितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण

IGBVRN परियोजनाअन्तर्गत हिंसा प्रभावितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण

प्रहरी कार्यालय र सुरक्षित आवास गृहलाई १३ प्रकारका राहत सामग्री उपलब्ध इट्टाभट्टा  । मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसा रोकथाम...