Skip to main content

नयाँ तृष्णा

नेपाल–भारत क्रस बोर्डर समन्वय बैठक सम्पन्न

Advertisement

काँकरभिट्टा । नव अभियान नेपाल शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा नेपाल–भारत क्रस बोर्डर कोर्डिनेशन मिटिङ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाई रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ तथा कञ्चनजंघा उद्धार केन्द्र, सिलगुरीका प्रभात पाठकको उपस्थिति रहेको थियो।

त्यस्तै अतिथिहरूमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक भरत धमला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलन कुमारी राई, कञ्चनजंघा उद्धार केन्द्रका रंगु शौरिया, राजु नेपाली तथा तेजकुमार थापाले आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा नेपाल–भारत सीमाक्षेत्रमा हुने मानव बेचबिखन नियन्त्रणका लागि दुवै देशबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइयो। सहभागीहरूले सीमावर्ती क्षेत्रमा सक्रिय संस्थाहरू र सुरक्षा निकायबीच सहकार्यलाई अझ मजबुत बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। यसले नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य नव अभियान नेपाल शाखाकी वरिष्ठ कर्मचारी अनिता गुरागाईंले गरेकी थिइन्। कार्यक्रममा संस्थाका सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष क...
विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

  काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्ष...
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

  काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न भोलि बिहान ८ः०० ...
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

  काठमाडौँ। नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्र...