नयाँ तृष्णा

झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

Advertisement

 

झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा परेको छ । पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

नियम उल्लंघनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही कानूनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको हो । पटक–पटक जरिवाना तिराउँदा पनि सवारीचालकहरूमा नियम पालना गर्ने प्रवृत्ति विकास नभएपछि लाइसेन्स नै निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ । लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन् ।

एउटै कसुरमा लगातार पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन गरे ‘लाइसेन्स’ निलम्बन हुँदै आएकोमा अब जुनसुकै कसुरमा लगातार पाँचपटकसम्म कारबाही भए ‘लाइसेन्स’ निलम्बन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख प्रहरी निरीक्षक राईले बताए ।

सोही अनुसार झापामा चार जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरेको बताए । उनका अनुसार झापामा पहिलोपटक चार जनाको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ परिच्छेद ४ को दफा ६० बमोजिम ‘चालकले पालन गर्नुपर्ने सर्तहरु पाँच पटक भन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमति–पत्र ६ महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ’ भन्ने व्यवस्था रहेको छ । यसै नियमका आधारमा ती लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयमा सिफारिस गरिने भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिसका आधारमा दुई जनाको लाइसेन्स निलम्बन नै भइसकेको यातायात कार्यालय बिर्तामोडका प्रमुख प्रेम सापकोटाले जानकारी दिए । अन्य दुई वटा लाईसेन्स निलम्बनका लागि सिफारिस आइसकेकाले त्यो पनि निलम्बन प्रक्रिया अघि बढाइसकेको उनले बताए ।

यातायात कार्यालय बिर्तामोडका प्रमुख सापकोटाले ट्राफिक प्रहरीले जरिवानासहित निलम्बनका लागि गर्ने सिफारिस तथा कुन कसुरमा कारबार्ही गर्ने हो भनेर उल्लेख गर्दै सिफारिस गर्छ, सोही अनुसार यातायात कार्यालयले कारबाही प्रक्रिया अघि बढाउने गरेको जानकारी दिए । निलम्बनका परेकाहरुको लाइसेन्स फुकुवाका लागि सिफारिस आए पछि मात्रै उनीहरु बैधानिक हुने उनको भनाइ छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ परिच्छेद १०को (ट्राफिक प्रहरीलाई प्रत्यायोजित) दफा १६०, ट्राफिक प्रहरीले तत्काल कारवाही गर्न सक्ने दफा १६४ मा उल्लेखित कसुरहरु पाँच पटक वा सोभन्दा बढी उल्लंघन गरेको टीभीआरएसमा देखिन आएमा त्यस्ता सवारी चालक अनुमति पत्रहरु सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ परिच्छेद ४ को दफा ६० बमोजिम निलम्बनको लागि यातायात कार्यालय पठाइने व्यवस्था रहेको छ ।

झापामा ट्राफिक नियम उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याइने ट्राफिक प्रहरी निरीक्षक राईले बताए । उनले पछिल्लो समय मादक पदार्थ सेवन(मापसे) तथा लागूऔषध सेवन (लापसे) गरेर सवारी सञ्चालन गर्नेहरुलाई कारबाही कडा बनाइएको छ । चालू आर्थिक वर्ष २०८२–०८३को हालसम्मा मात्रै मापसे गरेर सवारी सञ्चालन गर्ने ३७५ सवारी चालकलाई कारबाही गरिसकेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

ट्राफिक प्रहरीले लाइसेन्स निलम्ब गर्ने प्रक्रिया २०७० देखि कार्यान्वयनमा ल्याएको थियो । ट्राफिक प्रहरीले सचेतना कक्षासँगै कारबाहीलाई पनि तीब्रता दिएको जनाएको छ । प्रहरीले चेकजाँचको समयमा चालकको सबै विवरण राख्ने र उसले निरन्तर रुपमा ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स निलम्बनको सिफारिस गर्ने प्रक्रिया शुरु गरेको हो ।

निलम्बनको भएको समयमा सवारी सञ्चालन गर्न नपाइने र निलम्बन भएको लाइसेन्सको विवरण सबै ट्राफिक प्रहरी पोष्ट तथा चेकिङमा जानकारी गराइने भएकाले कसैले पनि झुक्याउन नसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

  झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा...
श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विन...
आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत न...
गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने जोखिम पनि बढ्छ। यस्तो अवस्थामा नरिवल पानी प्राकृतिक र स्वास्थ्यकर पेयका रूपमा उत्कृष्ट विकल...