लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…
झापा, २४ जेठ । विर्तामोड । झापाको विर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन । उनले प्रविधिको प्रयोग गर्दै विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल बिद्धुत सर्किटको प्रयोग गर्दै पानसमा बत्ती बालेर उद्घाटन गरिन् । कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले बिर्तामोड स्थित देवि माविमा शनिबारदेखि सोमबारसम्म सञ्चालन गरेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने दावी गरिन् । पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक, नीजि…
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…
७ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।
४ आश्विन , काठमाडौं । पृथ्वीले सानो चन्द्रमा पाएको छ । यो करिब साढे दुई महिना पृथ्वीको वरिपरि घुम्नेछ । यो समयले यसको गुरुत्वाकर्षण शक्तिलाई राम्रोसँग बुझ्न मद्दत गर्नेछ। यो चन्द्रमा वास्तवमा एउटा क्षुद्रग्रह हो, जसको नाम २०२४ पीटी ५ हो। यो ७ अगस्टमा पत्ता लागेको थियो । यसको व्यास लगभग १० मिटर छ। यो क्षुद्रग्रह सेप्टेम्बर ९ देखि पृथ्वीको कक्षमा परिक्रमा गरिरहेको छ र आगामी ७७ दिन अर्थात नोभेम्बर २५ सम्म यो क्रम जारी रहनेछ । वास्तवमा, यो क्षुद्रग्रह चन्द्रमा जस्तै पृथ्वीको वरिपरि घुमिरहेको छ, त्यसैले यसलाई मिनी मुन नाम दिइएको छ। यसको गति निकै कम भएकाले यो क्षुद्रग्रहले…
४ भाद्र, काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । (more…)
एजेन्सी, टोकियो । जापानले एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिण–पश्चिमी जापानी टापुमा रहेको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट सोमबार प्रक्षेपण गरिएको थियो । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अध्यक्ष हिरोसी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत् कदम’ भएको बताए । ‘मलाई विश्वास छ, लगातार भएका दुई सफल उडानहरूले देशभित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ,’ जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रूपमा सफल भएको बताए । फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको…
असार १६ , एजेन्सी, मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एउटा नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउँदैछ । उक्त फिचरको नाम ‘एआई स्टुडियो’ हो । इन्स्टाग्रामको एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् । मेटाका सीईओ मार्क जुकरगर्बले हालै इन्स्टाग्रामको उक्त फिचर घोषणा गरेका हुन् । आफ्नो ब्रोडकास्ट च्यानलबाटै जुकरबर्गले इन्स्टाग्राममा एआई स्टुडियो फिचर ल्याउने बताएका थिए। हालै यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । छिट्टै नै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जुकरबर्गले बताएका छन्। मेटाका अनुसार यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन सक्नेछन् । मेसेजको…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…