Skip to main content

नयाँ तृष्णा

ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै

[adsforwp id="2511"]

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ ।

समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् ।

नाइट मोडले कसरी काम गर्छ ?

WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ ।

उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ । अर्थात् यो मोड अटोम्याटिक हुनेछैन र आफैले यसलाई खोल्न वा बन्द गर्न सकिनेछ ।

के गर्छ यो फिचरले ?

यो एउटा सफ्टवेयरमा आधारित अपडेट हो जसले कम प्रकाशमा खिचिएका तस्वीरको प्रष्टतालाई अझै उत्कृष्ट बनाउँछ । यसले खासगरी छायाँमा तस्वीरको विस्तृतता बढाउन सहयोग गर्दछ, जसबाट कुनै बाह्य प्रकाश विना पनि प्रष्ट तस्वीर खिच्न सकिन्छ । यो फिचर इन्डोर फोटोग्राफी वा रातमा तस्वीर खिच्ने प्रयोजनका लागि उपयोगी सावित हुनेछ ।

हाल गुगल प्ले बिटा प्रोग्रामका माध्यमबाट केही निश्चित बिटा प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएको बताइएको छ । रिपोर्ट अनुसार आगामी केही हप्तामै धेरै प्रयोगकर्ताका लागि ह्वाट्सएपको उक्त फिचर प्राप्त हुन सक्नेछ ।

यद्यपि यसका केही समस्या पनि रहेका छन् । जस्तो कि नाइट मोडले अत्यधिक चमक वा विस्तृतता भएको तस्वीर तयार गर्दैन ।

निकै अँध्यारो वातावरणमा यसले तस्वीरको गुणस्तरमा सामान्य सुधार मात्रै गर्नसक्छ । अर्थात् यो कुनै व्यावसायिक फोटोग्राफी सेटअपको विकल्प होइन र हुन सक्दैन ।

तर, यो फिचरको माध्यमबाट ह्वाट्सएप प्रयोगकर्ताले अँँध्यारोमा पनि बाहिरी प्रकाशविनै सेल्फी वा अन्य तस्वीर खिचेर पठाउन वा भिडियो कल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...