Skip to main content

नयाँ तृष्णा

झापामा तीन दिवसीय पत्रकारिता सम्बन्धी एआई तालिम सम्पन्न

[adsforwp id="2511"]

मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो।

तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा प्रयोग गर्न आग्रह गरे।

तालिममा झापाका ५० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो। सहभागीहरुलाई नगरप्रमुख बुढाथोकीले प्रमाणपत्र वितरण गरेका थिए।

तालिममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष भानुभक्त आचार्य, पूर्व अध्यक्षहरू ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल र डम्बर बराल, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइ, प्रेस संयोजक अर्जुन कार्की, प्रेस सेन्टर कोशीका कोषाध्यक्ष झुलन रेग्मी, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य दिलिप थापा, पत्रकार राजेन्द्र गौतम, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम विमली, एमिटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराई, झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेट्वाल तथा बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव प्रविण अधिकारीले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...