Skip to main content

नयाँ तृष्णा

सामाजिक रूपान्तरणको अभियानमा असल मित्र नेपाल : एक वर्षे उपलब्धि सार्वजनिक

Advertisement

मेचीनगर । असल मित्र नेपाल झापा शाखाले मंगलबार मेचीनगर–६ स्थित घारी रेष्टुरेन्टमा सहकार्य बैठक सम्पन्न गरेको छ।

झापा शाखा अध्यक्ष दल बहादुर गुरुङ (रमेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने संस्थाका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर सुनुवार विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

बैठकमा वडा प्रतिनिधि, सुरक्षा निकाय तथा महिला र बालबालिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सामाजिक समस्या न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा महिला–बालबालिका संरक्षणका लागि आपसी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै असल मित्र नेपालका केन्द्रीय अध्यक्षले संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

वडा नं. ८ का अध्यक्ष गिरीराज धमलाले संस्थाद्वारा सञ्चालन गरिएका कार्यक्रमहरू प्रशंसनीय रहेको बताउँदै सहकार्य र हातेमालोमार्फत अझ सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) निषेश चापागाईंले मानव बेचबिखन तथा अन्य अनैतिक क्रियाकलाप नियन्त्रणका लागि समुदायस्तरमा निगरानी बढाई प्रहरीसँग सहकार्य गर्न सहयोग गर्नुभयो। संस्थाले सिपमूलक तथा आयमूलक कार्यक्रमहरू विस्तार गर्नुभएकोमा असल कार्यको निम्ति प्रशंसाकासाथ संस्थालाई शुभकामना व्यक्त गर्नुभयो।

मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती ले देश परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गर्दै नामअनुसारको काम गरिरहेको र उहाँले यस्ता कार्यक्रमहरू चुनौतीपूर्ण भए पनि अत्यन्त आवश्यक रहेको बताउँदै सिप विकास र रोजगारी सिर्जनामा प्रशंसा गर्नुभयो।

कार्यक्रमका अध्यक्ष दल बहादुर (रमेश) गुरुङले सरोकारवाला निकायहरूको सुझाव र सहकार्यका आधारमा आगामी कार्यक्रमहरू अघि बढाइने बताउनुभयो। उहाँले विगतमा सामाजिक डरका कारण पीडितहरूले आफ्ना समस्या खुलेर व्यक्त गर्न नसक्ने अवस्था रहेको स्मरण गर्दै अहिले भने पीडितहरू खुला रूपमा आफ्ना समस्या राख्न थालेकाले कार्यसम्पादनमा सहजता आएको उल्लेख गर्नुभयो। साथै, उहाँले सबै सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा प्रशासकीय तथा बितिय सहायक शाखा कार्यलय झापा प्रमुख राजेश गुरुङद्वारा बार्षिक बिबरण प्रस्तुत  गर्नुभएको थियो। सो अवसरमा असल मित्र नेपालले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ।

प्रस्तुत विवरणअनुसार संस्थाले ४७२ वटा सचेतनामूलक पर्चा वितरण गर्नुका साथै ६ जनालाई आश्रय तथा परामर्श सेवा प्रदान गरेको जनाएको छ। त्यसैगरी २ जना हराएका बालिकाको पारिवारिक पुनर्मिलन, १ जना घरेलु हिंसा पीडितलाई कानुनी सहयोग तथा विभिन्न विद्यालय र समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ।

संस्थाले आर्थिक व्यवस्थापन, सिप विकास तथा मनोसामाजिक परामर्शसम्बन्धी तालिमहरू सञ्चालन गर्नुका साथै ४ जनालाई छात्रवृत्ति र ४ जनालाई विभिन्न सिपमूलक तालिममा सहयोग प्रदान गरेको जनाएको छ।

कार्यक्रममा सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...