Skip to main content

नयाँ तृष्णा

मेचीनगरमा बाल संरक्षणको अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

Advertisement

 

काँकरभिट्टा, झापा । मेचीनगरमा बाल संरक्षणको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार काँकरभिट्टा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ।

बाल जागरण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाको बेचबिखन, बालविवाह, लागूऔषधको कुलत, बालश्रम लगायत बालअधिकारसँग सम्बन्धित विविध जटिल विषयमा छलफल गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा यूएनडीपी (UNDP) का अनुसन्धानकर्ता दिलकुमार मगर, माइती नेपालका गोविन्द घिमिरे, नेपाल प्रहरीका प्रतिनिधि प्रहरी नायव निरीक्षक मिलनकुमारी राई , नाइट चेस क्लबका गोविन्द न्यौपाने, प्रदेश संयोजक सोमराज ढकाल, बाल जागरण मञ्चका मणिकुमार लिम्बू, महिला जनचेतना केन्द्रकी मनिला उप्रेती तथा नव अभियान नेपालका डिल्ली राम थापा मगरलगायतले आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले आ–आफ्नो क्षेत्रबाट बाल संरक्षणका लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै स्थानीय तह, विशेषगरी नगरपालिका र वडा कार्यालयहरूको भूमिकाप्रति असन्तोष व्यक्त गरेका थिए। साथै, बाल संरक्षण तथा बालअधिकार प्रवर्द्धनका लागि नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। यद्यपि, बजेट अभावका कारण कतिपय कार्यक्रम तथा योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न चुनौती रहेको धारणा पनि व्यक्त गरिएको थियो।

वक्ताहरूले समाजलाई उत्तरदायी र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै बालबालिका सम्बन्धी सवालमा सरकारसँग रचनात्मक तथा आलोचनात्मक रूपमा वकालत गर्नुका साथै समन्वय र सहकार्यलाई समेत सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले बाल संरक्षणका क्षेत्रमा सरोकारवाला निकायबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धताको आवश्यकता रहेको निष्कर्ष निकालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...