नयाँ तृष्णा

Day: २०८३ असार ११, बिहीबार

लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

चितवन . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांसद सागर ढकालले पार्टीको आगामी पदाधिकारी निर्वाचनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सार्वजनिक केन्द्रीय सदस्यको मतपरिणाममा चौथो सर्वाधिक मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् । ढकालले मतदान प्रक्रियाका क्रममा मतपत्रमा उम्मेदवारको नाम खोज्न चुनौतीपूर्ण अवस्था रहे पनि आफूलाई पहिलो चारभित्र पारेर विजयी गराएकोमा प्रतिनिधि तथा मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि समर्थक, शुभेच्छुक तथा परिवर्तनको पक्षमा उभिने सबैको साझा जितका रूपमा व्याख्या गरेका छन् । निर्वाचन परिणामपछि…
Read More
श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

  मेचीनगर । श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत मेचीनगर वडा नं. ७ मा नयाँ वडा समिति गठन गरेको छ। बुधबार सम्पन्न भेलाले श्रम संस्कृति पार्टी मेचीनगर नगर अध्यक्ष पदम सुनुवारको अध्यक्षतामा वडा नं. ७ कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवगठित समितिको अध्यक्षमा सन्तोष बि.क. चयन भएका छन्। त्यसैगरी समितिको उपाध्यक्षमा धन राई र कुमार थापा मगर, महिला उपाध्यक्षमा दिपा राई, सचिवमा तारा वीर लिम्बु, सह–सचिवमा श्यामलाल सोरेन तथा कोषाध्यक्षमा सुस्मिता मुर्मु चयन भएका छन्। समितिका सदस्यहरूमा धनबहादुर राई, विनोद राजवंशी, किसान राई, धनबहादुर गुरुङ, अमर मेचे, आकेश राजवंशी, बाबु राजवंशी, टेककुमार सुनुवार, समिर लिम्बु…
Read More
काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

असार ११ (बिहीबार) , मेचीनगर,  श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम दनुवारले…
Read More
मेचीनगरमा बाल संरक्षणको अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगरमा बाल संरक्षणको अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

  काँकरभिट्टा, झापा । मेचीनगरमा बाल संरक्षणको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार काँकरभिट्टा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ। बाल जागरण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाको बेचबिखन, बालविवाह, लागूऔषधको कुलत, बालश्रम लगायत बालअधिकारसँग सम्बन्धित विविध जटिल विषयमा छलफल गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा यूएनडीपी (UNDP) का अनुसन्धानकर्ता दिलकुमार मगर, माइती नेपालका गोविन्द घिमिरे, नेपाल प्रहरीका प्रतिनिधि प्रहरी नायव निरीक्षक मिलनकुमारी राई , नाइट चेस क्लबका गोविन्द न्यौपाने, प्रदेश संयोजक सोमराज ढकाल, बाल जागरण मञ्चका मणिकुमार लिम्बू, महिला जनचेतना केन्द्रकी मनिला उप्रेती तथा नव अभियान नेपालका डिल्ली राम थापा मगरलगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले आ–आफ्नो क्षेत्रबाट बाल संरक्षणका लागि भइरहेका…
Read More