Skip to main content

नयाँ तृष्णा

श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

Advertisement

 

मेचीनगर । श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत मेचीनगर वडा नं. ७ मा नयाँ वडा समिति गठन गरेको छ।

बुधबार सम्पन्न भेलाले श्रम संस्कृति पार्टी मेचीनगर नगर अध्यक्ष पदम सुनुवारको अध्यक्षतामा वडा नं. ७ कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवगठित समितिको अध्यक्षमा सन्तोष बि.क. चयन भएका छन्।

त्यसैगरी समितिको उपाध्यक्षमा धन राई र कुमार थापा मगर, महिला उपाध्यक्षमा दिपा राई, सचिवमा तारा वीर लिम्बु, सह–सचिवमा श्यामलाल सोरेन तथा कोषाध्यक्षमा सुस्मिता मुर्मु चयन भएका छन्।

समितिका सदस्यहरूमा धनबहादुर राई, विनोद राजवंशी, किसान राई, धनबहादुर गुरुङ, अमर मेचे, आकेश राजवंशी, बाबु राजवंशी, टेककुमार सुनुवार, समिर लिम्बु तथा फुलमती बेसरा रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष पदम सुनुवारले श्रम संस्कृति पार्टी श्रमिक, किसान, युवा तथा आम नागरिकको हक–अधिकारका लागि प्रतिबद्ध रहेको बताए। उनले वडा तहदेखि संगठनलाई बलियो बनाउँदै जनताका समस्या समाधान र सामाजिक रूपान्तरणका अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइने उल्लेख गरे।

नवगठित वडा समितिका अध्यक्ष सन्तोष बि.क.ले पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई जनस्तरसम्म पुर्‍याउने तथा वडा नं. ७ का नागरिकका हकहितका विषयमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

पार्टीले आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा समेत संगठन विस्तारलाई तीव्रता दिने जनाएको छ। वडा नं. ७ मा समिति गठनसँगै श्रम संस्कृति पार्टीको संगठनात्मक आधार थप मजबुत बनेको पार्टीका नेताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...