Skip to main content

नयाँ तृष्णा

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

Advertisement

 

काठमाडौं ।

४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनका श्रीमान ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापासहित अन्य तीन जना रहेका छन्।

प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भएको घरेलु विवादका क्रममा थापाले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि आक्रमण गरेका थिए। घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनासम्बन्धी जाहेरीका आधारमा थप तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

यस प्रकरणमा पक्राउ पर्ने अन्य व्यक्तिहरूमा नुवाकोट तारकेश्वर–४ निवासी ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्लाको हिमा गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ बस्दै आएकी २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।

कुमार थापाले आफूलाई पेशागत रूपमा प्रो रेस्लरको रूपमा चिनाउँदै आएका थिए। प्रारम्भिक अनुसन्धानबाट घरेलु विवादका क्रममा फलामको रड प्रयोग गरी आक्रमण गरिएको देखिएको प्रहरीले जनाएको छ। घटना शुक्रबार राति करिब १०:१० बजे भएको बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...