Skip to main content

नयाँ तृष्णा

अमेरिकालाई इरानको कडा चेतावनी – दुष्टताको जवाफ दिन्छौं

Advertisement

१३ जेष्ठ २०८३, बुधबार,

एजेन्सी । इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो सैन्य आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भन्दै कडा प्रतिक्रिया दिएको छ। इरानी विदेश मन्त्रालयले अमेरिकाले होर्मोज्गान क्षेत्रमा पटक–पटक हमला गरेर सहमतिको उल्लंघन गरेको आरोप लगाएको हो।

बीबीसी फारसी सेवाका अनुसार, इरानले अप्रिल ९ मा युद्धविराम घोषणा भएपछि पनि अमेरिकी सेनाले निरन्तर उक्साहटपूर्ण गतिविधि जारी राखेको दाबी गरेको छ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरैपटक युद्धविराम तोडेको छ। इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन।” यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी कदमको प्रतिकार गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएको थियो।

आईआरजीसीले युद्धविराम उल्लंघन भए त्यसको जवाफ “वैधानिक र निर्णायक” हुने जनाएको छ।

सोमबार राति बन्दर अब्बास र विमानस्थल आसपास ठूलो विस्फोटको आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यही क्षेत्रमा अमेरिकी सेनाले नयाँ ‘सेल्फ–डिफेन्स स्ट्राइक’ गरेको स्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...