Skip to main content

नयाँ तृष्णा

समाजसेवी तथा धार्मिक व्यक्तित्व सुशीला राईको निधन

[adsforwp id="2511"]

झापा । नेपाली काँग्रेस का वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व: तम्मर राईकी धर्मपत्नी सुशीला राईको २०८३ साल जेठ १५ गते निधन भएको छ। उहाँ २०१४ साल जेठ ११ गते जन्मनुभएको थियो।

मेचीनगर–६ काँकरभिट्टा निवासी राई लामो समयदेखि सुगर रोगबाट पीडित हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार अचानक हर्टअट्याक भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेपछि राति करिब ३ बजे उहाँको शव घर ल्याइएको थियो।

स्वर्गीय राई झापा जिल्ला महिला ईसाई समाज तथा मेचीनगर आमा दिदीबहिनी ईसाई समाजकी समेत पूर्व अध्यक्ष हुनुहुन्थ्यो। साथै उहाँ क्वाइनोनिया दिव्य शान्ति चर्चकी सक्रिय सदस्य हुनुहुन्थ्यो। मण्डली तथा समाज सेवामा समर्पित उहाँले आफ्नो जीवन धार्मिक तथा सामाजिक सेवामा बिताउनुभएको परिवारजनले बताएका छन्।

मिलनसार, मृदुभाषी तथा सहयोगी स्वभावकी राईको निधनले धार्मिक, सामाजिक तथा स्थानीय समुदायमा शोक छाएको छ। आफन्त, शुभेच्छुक तथा विभिन्न संघसंस्थाले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

परिवारजनका अनुसार उहाँ परमेश्वरको स्वर्गीय बोलावटमा सदाका लागि विश्राम गर्नुभएको विश्वास गरिएको छ। आज दिउँसो ३:३० बजे सालघारीमा उहाँको अन्तिम दफन कार्य सम्पन्न गरिएको परिवारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...