नयाँ तृष्णा

दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप साउन ९ देखि, भारतका दुईसहित आठ टोलीको प्रतिष्पर्धा रहने

Advertisement

 

झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ आयोजना हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर प्रतिस्पर्धामा उत्रिनेछन् ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सयसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५१ हजार ५ सय ५० नगदसहित ट्रफी हात पार्नेछ । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई रु. २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर), सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै उदयमान खेलाडीलाई रु. २ हजार ५ सय नगदसहित सम्मान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल साउन १६ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक दिव्य ज्योति आई एण्ड इएनटी हस्पिटल रहेको छ भने सहप्रायोजक पशुपति बोर्डिङ स्कुल रहेको छ । मेचीनगर नगरपालिका वडा नं. ६ ले विशेष सहयोग गरेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका पदाधिकारीहरूले प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय प्रतिभावान युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै फुटबलप्रति युवाको आकर्षण बढाउनु, प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्नु र सीमावर्ती क्षेत्रको खेलकुद सम्बन्धलाई थप मजबुत बनाउनु रहेको बताए । भारतका क्लबहरूको सहभागिताले प्रतियोगिताको स्तर अझ उकासिने र स्थानीय खेलाडीले अन्तर्राष्ट्रिय अनुभव भएका टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने विश्वास आयोजकको छ ।

क्लबका अध्यक्ष अनिल गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन क्लबका सचिव निमा वाङ्देल तामाङले गरेका थिए । प्रतियोगिताको तयारी, व्यवस्थापन तथा उद्देश्यबारे क्लबका उपाध्यक्ष मानबहादुर तामाङले जानकारी गराएका थिए ।

आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय खेलप्रेमी, व्यवसायी, सरोकारवाला निकाय तथा दर्शकलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ । प्रतियोगिताले झापासहित पूर्वी नेपालको फुटबल विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप साउन ९ देखि, भारतका दुईसहित आठ टोलीको प्रतिष्पर्धा रहने

दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप साउन ९ देखि, भारतका दुईसहित आठ टोलीको प्रतिष्पर्धा रहने

  झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स...
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग...
लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

चितवन . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांस...
श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

  मेचीनगर । श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत मेचीनगर वडा नं. ७ मा नयाँ वडा समिति गठ...