Skip to main content

नयाँ तृष्णा

मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन सम्पन्न, आठ जना ज्येष्ठ एकल आमाहरू सम्मानित

Advertisement

 

८ फाल्गुन २०८२, शुक्रबार,

मेचीनगर। कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा मिति २०८२ साल फागुन ६ र ७ गते दुई दिने मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
“बुढापाकाका सम्मानमा उठ, र वृद्ध मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय मान; म परमप्रभु हुँ।” (लेवी १९:३२) भन्ने मूल सन्देशका साथ आयोजना गरिएको सम्मेलनमा ज्येष्ठ आमाहरूलाई विशेष सम्मान गरिएको थियो। १ तिमोथी ५:९ को सन्दर्भअनुसार आठ जना ज्येष्ठ एकल आमाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मानित हुनेहरूमा:
प्रेसविटेरियन चर्च इटाभट्टा की ७० वर्षीया नाओमी खड्का,
कर्नर स्टोन चर्च बर्मेली टोल की ७२ वर्षीया नन्दकुमारी मगर,
कृपा फ्रि मेथोडिष्ट चर्च की ८० वर्षीया फिवी मुखिया,
लिटल फ्लक चर्च टोकला बगान की ७५ वर्षीया जस्मिन उराव,
हेसेड चर्च धुलाबारी की ७० वर्षीया चागुनी बानियाँ,
क्वाइनोनिया दिव्यशान्ति चर्च पुरानो भन्सार की ७० वर्षीया कमलावती पौडेल, नेपाल ख्रीष्टियन रिभाइबल चर्च खयरडाँगी की ८० वर्षीया गंगामाया मगर, सृष्टि चर्च चियाबगान आमडाँगी की ७० वर्षीया दुलारी उराँव छिन् ।

सम्मेलनमा वक्ता पास्टर जेसी अल्मोडियाले लूका सुसमाचार १०:३८–४१ अनुसार मरियम र मार्थाको प्रसंगबाट वचन प्रचार गर्नुभयो। उहाँले दैनिक व्यस्तता र सेवाभावबीच पनि प्रभुको चरणमा बसेर वचन सुन्ने “असल भाग” छान्नुपर्ने कुरामा जोड दिनुभयो। जीवनमा आत्मिक प्राथमिकता निर्धारण गर्न, प्रार्थना र वचन अध्ययनलाई पहिलो स्थान दिन उहाँले दिदीबहिनीहरूलाई प्रेरित गर्नुभयो।

त्यसैगरी अर्की वक्ता सोफिया परियारले परमेश्वरलाई “हे मेरा पिता, हे मेरा अब्बा” भनेर पुकार्ने आत्मिक पहिचानबारे शिक्षा दिनुभयो। आत्माले स्वीकारेर र मुखले स्वीकार गरेर परमेश्वरलाई पिता मान्दा हामी उहाँका छोरा–छोरी हुने हक अधिकार पाउने कुरा उहाँले स्पष्ट पार्नुभयो।

उहाँले एस्तरको पुस्तक २:१५ र २:१७ अनुसार एस्तरको जीवनबाट उदाहरण प्रस्तुत गर्नुभयो। एस्तरले मर्दकैलाई पिता समान पाएर एक परिवारको संरक्षण र साथ पाइन्, र परमेश्वरको निगाहअनुसार उच्च स्थानमा स्थापित भइन्।

यस उदाहरणमार्फत परमेश्वरको अनुग्रह र पहिचानले जीवन परिवर्तन गर्न सक्छ भन्ने सन्देश सहभागीहरूलाई दिनुभयो।
दुई दिने सम्मेलनमा मेची इलाका ईसाई समाज दिदीबहिनी संगतिकी अध्यक्ष दिलु मुखियाको अध्यक्षता रहेको थियो।

कार्यक्रम सञ्चालन मिना तामाङ, सृजना राई, गीता कार्की ढोली, गुरुआमा लिली तामाङ र बन्दना तामाङले गर्नुभएको थियो।


सम्मेलनले ज्येष्ठ आमाहरूको सम्मानसँगै आत्मिक जागरण, एकता र परमेश्वरप्रतिको समर्पणको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...