Skip to main content

नयाँ तृष्णा

बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

Advertisement

  झापा। झापाको बिर्तामोडमा सातौँ संस्करणको झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २४ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने छ।

आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी ११ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा आयोजक झापा–११, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी, लालिगुराँस एसोसिएसन, नेपाल पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिङ्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहेका छन्। प्रतियोगिताको अवसरमा झापा जिल्लाका एक जना पुराना खेलाडीलाई नगदसहित सम्मान गरिने छ। साथै डोमालाल राजवंशी रंगशालाको जग्गादातालाई पनि उद्घाटनको दिन नगदसहित सम्मान गरिने जानकारी आयोजकले दिएको छ। बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगिताको कुल लागत १ करोड ५० लाख रुपैयाँ रहेको छ। प्रतियोगिता झापा गोल्ड कपका पूर्वअध्यक्ष स्व. विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको हो। प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालि रहेको छ भने कम्पनीको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ मुख्य प्रायोजकका रूपमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...