Skip to main content

नयाँ तृष्णा

समयको सिँढीमा उभिएको मानिस

[adsforwp id="2511"]

कबिता,

– होमराज राई,

समयको सिँढीमा उभिएको मानिस,
आफ्नै छायाँसँग हरपल युद्ध गरिरहेछ,
बाहिर मुस्कानको दीप बालेर
भित्रभित्रै शून्यतासँग जलिरहेछ,।

जीवन…,
कहिले फूलको सुवास बनेर आउँछ,
कहिले काँडाको पीडा बोकेर,
तर समयको कठोर पाठशालाले
हरेक आत्मालाई केही न केही सिकाएरै छोड्छ।

मानिसले आकाश जित्ने सपना देख्यो,
तर आफ्नै मन जित्न सकेन,
उसले संसारलाई बदल्न खोज्यो,
तर आफ्नो अहंकार गलाउन सकेन।

धनको उचाइ चुम्दैमा
मानिस ठूलो हुँदैन साथी…,
बरु आँसु पुछ्ने हातमा
ईश्वरको सबैभन्दा सुन्दर रूप लुकेको हुन्छ।

जीवन त धुवाँझैँ क्षणभंगुर छ,
आज देखिएको दृश्य
भोलि स्मृतिमा मात्र बाँच्छ,
तर प्रेमले छोएको हृदय भने
मृत्युपछि पनि धड्किरहन्छ।

जब अन्तिम साँझ झर्छ,
जब सासहरू थाकेर मौन हुन्छन्,
त्यो बेला मानिसले सम्झिने कुरा
उसले कमाएको सम्पत्ति होइन ,
उसले बाँडेको माया,
दिएको सम्मान,
र कसैको अँध्यारो जीवनमा
बनेको सानो उज्यालो मात्र हुन्छ।

त्यसैले…,
समय रहुन्जेल
मनमा करुणा रोप,
वचनमा मिठास भर,
किनकि जीवनको वास्तविक अर्थ
बाँच्नुमा होइन,
अरूको हृदयमा बाँचिरहनुमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...