नयाँ तृष्णा

 मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्

Advertisement

झापा, पुस २७।


मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो।

रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ।

उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना महिलाहरू पारम्परिक पोशाक र गरगहनामा सजिएर विभिन्न प्रकारका भाक्का बनाउँदै सहभागिता जनाएका थिए।

पूर्वी तराई–झापा र मोरङका आदिवासी राजवंशी समुदायको पुरानो चलन गाउँदेखि सहरसम्म फैलँदै गएको छ। धानको पीठोबाट पानीको बाफमा पकाइने भाक्का शुद्ध, स्वादिलो र पोषिलो हुने भएकाले अन्य समुदायसमेत यसको स्वादमा आकर्षित भइरहेका छन्।

मंसिरयता काँकरभिट्टा, इटाभट्टा, विर्तामोड, भद्रपुर, दमकललगायतका बजार क्षेत्रमा भाक्काको व्यापार निकै चहलपहल देखिन्छ।

राजवंशी समुदायले पुस २९ गतेलाई ‘भाक्का दिवस’का रूपमा मनाउने गरेको छ र यस वर्ष पनि जिल्लाभर विभिन्न कार्यक्रमसहित उत्सव मनाइने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...
गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्...