Skip to main content

नयाँ तृष्णा

‘शब्द यात्रा’ गजल तथा सांगीतिक कार्यक्रम सम्पन्न

[adsforwp id="2511"]

आइतराज राई,

झापा । झापाली साहित्य समाजको आयोजनामा तथा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सहआयोजनामा ‘शब्द यात्रा’ नामक गजल वाचन तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिर्तामोड–३ स्थित विराटपोखरी परिसरमा आयोजना गरिएको थियो।

झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोपालकुमार बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कोशी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीलगायत झापा, मोरङ तथा भारतका विभिन्न स्थानबाट आएका साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिमाथि केन्द्रित रहँदै ज्ञानवर्द्धक तथा सन्देशमूलक गजल र कविताहरू वाचन गरिएको थियो। सहभागी स्रष्टाहरूले समसामयिक विषयवस्तुलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार पछिल्लो समय साहित्यिक क्षेत्र ओझेलमा पर्दै गएको अवस्थामा यसप्रति सबैको ध्यानाकर्षण गराउँदै यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक रहेको सन्देश कार्यक्रममार्फत दिइएको हो।

कार्यक्रम सञ्चालन लिला अनमोलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...