Skip to main content

नयाँ तृष्णा

झापामा इसाई समाजद्वारा इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न

Advertisement

झापा । झापामा इसाई समुदायको एकता, सद्भाव र उत्साह झल्काउँदै इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। झापा इसाई समाजको आयोजनामा बिर्तामोडस्थित खुल्ला मैदानमा सम्पन्न उक्त कार्यक्रम श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको हो।

कार्यक्रमको अध्यक्षता झापा इसाई समाजका अध्यक्ष रेभ. पास्टर इसाहक सिन्चिउरीले गर्नुभएको थियो भने संयोजन मेचीनगर इसाई समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक पास्टर राजु खड्काले गर्नुभएको थियो। कार्यक्रमको सुरुवात बरिष्ठ सल्लाहकार रेभ. पास्टर एन.डी. थुलुङको प्रारम्भिक प्रार्थनाबाट गरिएको थियो, जसले वातावरणलाई आध्यात्मिक बनाएको थियो।

झापा इसाई युवा समितिका अध्यक्ष जनक बस्नेतको नेतृत्वमा रहेको क्वायर समूहले आराधना गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई अझ प्रेरणादायी र आशिषमय बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय चिन्तन पाठक रहनुभएको थियो। उहाँले आफ्नो मन्तव्यका क्रममा अन्य धर्मावलम्बी समुदायमा प्रायः एउटै समुदायको अनुहार देखिने भए पनि इसाई समुदायमा भने सबै जातजाति, भाषा र पृष्ठभूमिका मानिसहरूको उपस्थिति देखिनु अत्यन्त सकारात्मक र उदाहरणीय पक्ष भएको बताउनुभयो। उहाँले यस्तो विविधताले सामाजिक एकता, सहिष्णुता र राष्ट्रिय सद्भावलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

इस्टर महोत्सवको सन्दर्भमा इलाम जिल्ला इसाई समाजका अध्यक्ष रेभ. पास्टर टेक बहादुर राईले विशेष मन्तव्य राख्दै इस्टर केवल धार्मिक पर्व मात्र नभई पुनरुत्थान, आशा र नयाँ जीवनको प्रतीक भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा झापा जिल्लाभित्रका विभिन्न नगरपालिका, गाउँपालिका तथा इलाकाका इसाई समाजका अध्यक्षहरू, विभिन्न समितिका प्रतिनिधिहरू, मण्डलीका अगुवाहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै इसाई जगतमा महत्वपूर्ण योगदान पुर्‍याएका अग्रज व्यक्तित्वहरू,बरिष्ठ सल्लाहकार रेभ. एन.डी. थुलुङ, समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार रेभ. एनोस गजमेर, एल्डर रमेश गुरुङ, रेभ. अमरदिप आले, कोशी प्रदेश इसाई समाजका उपाध्यक्ष पास्टर आकाश थुलुङ तथा प्रदेश सल्लाहकार पास्टर राजकुमार राई को पनि सक्रिय सहभागिता रहेको थियो।

यस वर्षको इस्टर महोत्सव विश्वभरका इसाई धर्मावलम्बीहरूले एकै दिन उत्साहपूर्वक मनाइरहेको सन्दर्भमा झापामा सम्पन्न यो कार्यक्रमले पनि विश्वव्यापी एकता र विश्वासको सन्देश दिएको छ। येशु ख्रीष्टको पुनरुत्थानको स्मरणमा मनाइने इस्टरले दुःख, निराशा र अन्धकारमाथि विजय प्राप्त गर्दै आशा, प्रेम र नयाँ जीवनको सन्देश दिने विश्वास गरिन्छ।

समग्रमा, झापामा सम्पन्न इस्टर महोत्सव २०८२ ले धार्मिक सहिष्णुता, सामाजिक एकता र आध्यात्मिक जागरणको सशक्त उदाहरण प्रस्तुत गर्दै सहभागीहरूलाई सकारात्मक सन्देश र प्रेरणा प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...