Skip to main content

नयाँ तृष्णा

‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई, इतिहासमै पहिलो महिला विजेता

Advertisement

 

झापा । हिमालय टिभीमा प्रसारण हुँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शोको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी बनेकी छन्।

शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गर्दै उनले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि उचालेकी हुन्।

फिनालेमा कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए। त्यसैगरी, कोच प्रमोद खरेलका प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता बनिन् भने कोच ःमेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता घोषित भइन्।

फिनाले समारोहमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए।

शुक्रबार र शनिबार प्रसारित फिनाले एपिसोडमा यस सिजनका अन्य प्रतिस्पर्धीहरूले पनि आकर्षक प्रस्तुति दिँदै दर्शकको मन जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...