२९ मंसिर, झापा । नेपाल पत्रकार महासंघको केन्द्रीय परिसद् सदस्यमा झापाबाट २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध भए । महासंघ झापाको राति १० वजे सम्पन्न केन्द्रीय परिसद् सदस्यको मतपरिणाम अनुसार केन्द्रीय परिसद् सदस्यमा विष्णु सुब्बा र अर्जुन कार्की निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत शिरो सान्दाईले केन्द्रीय परिसद् सदस्य पदमा विष्णु सुब्बाले १०१ र अर्जुन कार्कीले ९९ मत ल्याएर निर्वाचित भएको जानकारी दिए । केन्द्रीय परिसद् सदस्य पदका प्रतिस्पर्धीहरु कमन देवानले २८, नेत्रविक्रम विमलीले, पर्वत पोर्तेलले ६४ र होमप्रकाश अधिकारीले ५६ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत सान्दाईले बताए । झापाबाट ४ जना केन्द्रीय परिसद् सदस्यमा ८…
२१ मंसिर, बेइजिङ । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ । यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ । तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात् १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो…
२० मंसिर , काठमाण्डौ । झेजियाङका दुईवटा चर्चले संयुक्तरुपमा क्रिसमस मनाउने योजना घोषणा गरेका छन् । गत सोमबार, हाङ्झाउको चोङ्गी चर्चले डिसेम्बर २२– २५ मा “उनी तपाईलाई पर्खिरहेका छन्” विषयको क्रिसमस उत्सवहरू सुरु गर्ने बताएको छ । ख्रीष्टमसको अवसरमा पाँच कार्यक्रमको आयोजना गरिएको छ । प्रार्थना, सुसमाचार सभा, आराधाना र क्यारोल लगायतको कार्यक्रमहरु गरेर ख्रीष्टमस उत्सव मनाउने तयारी गरीरहेको बताइएको छ । ख्रीष्टमस कार्यक्रमको पूर्वसन्धयामा सिचेङ चर्चले संगीत सेवा, युवा भेला र क्रिसमसको अवसरमा नाटक सहित प्रस्तुत गर्ने बताइएको छ ।
तरुण राई, २० मंसिर, इट्टाभट्टा । अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा अपाङ्गता समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम मेचीनगर नगरपालिका -०८, इट्टाभट्टा अवस्थित किरात याक्थुम चुम्लुङ्ग भवनको सभाहलमा सम्पन्न भएको छ । अपाङ्गता समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रममा एक्का नेपालका कार्यक्रम अधिकृत अस्मिता राईले एक्का नेपालद्वारा अपाङ्गता समावेशीकरणका लागि गरिएका पहलहरुको बारेमा प्रस्तुतिकरण गर्नुको र एक्का नेपालले ‘अपाङ्गमैत्री विद्यालय’ को अवधारणलाई एक्का सम्बन्धीत विद्यालयहरुमा कार्यान्वयन गर्न पहल गर्नु भएको जानकारी दिनुभयो । करुणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराइलीले शिक्षामा अपाङ्गता समावेशीकरण विषयमा प्रारम्भिक बालविकास तथा अपाङ्गता समावेशीकरण, बौद्धिक अपाङ्गता शिक्षण सिकाइ, अपाङ्गताको वर्गीकरण, अपाङ्गता ‘कार्ड’ र…
१८ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने भएको छ । आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात् मङ्सिर २१ गते शुक्रवार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।
खोज – तरुण राई, ए भामारा, तेरो आउने समय यही हो ? आकाशको घामलाई हेर त कहाँ पुगीसक्यो ? मैले तँलाई हिजो नै भनेको होइन ? भोली बिहानै आइजा भनेर, तँलाई थाहा भाकै हो आज रोपाँई छ, कति धेरै काम हुन्छ भनेर आधा काम गरिसक्यो ...... । मसिने ठुलो काजीको घरको गेटबाट आँगनमा पाइला मात्र के टेकेको थियो, मसिनेलाई देख्नसाथ ठूलो काजी रिसले रातो पिरो भएर गाली गर्न थाल्यो, हुन त यस्ता गाली मसिनेको लागि कुनै नयाँ कुरा थिएन र नभएर नै होला उसले यसलाई समान्य प्रकारले लिँदै त्यसको बेवास्ता गर्दै अलिक अदार तथा डरको भान देखाउँदै आफ्नो शिरमा भएको…
युमा साम्यो महासभा युएईले याक्थुङ / लिम्बुहरुको मौलिक चाड़ चासोक थिसोक युएईको बरदुबाई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा भब्य तरिकाले सम्पन्न भएको छ । परदेशको भूमिमा रहेर पनि आफ्नो मौलिक परम्परालाई जगेर्ना गर्दै सावारा साँवा श्री भवानी अन्छङ्बो द्वारा नयाँ अन्न बालीहरु युमालाई चढाई मौलिक अनुष्ठान सहित चासोक थिसोक पुजा गर्दै दिप प्रचलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । औपचारिक कार्यक्रम युमा साम्यो महासभा युएईका महासचिव दिपेन चेम्जङले कार्यक्रम सन्चालन गर्नु भएको थियो र उक्त कार्यक्रम युमा साम्यो महासभा युएईका कार्य बाहक अध्यक्ष राम योङ्हाङ् (बैदारे ठुले )ले सभापतित्व गर्नु भएको थियो भने आमन्त्रित अतिथिहरुमा प्रमुख अतिथि नेपाल…
१० मंसिर , मेचीनगर । लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि सहितको र्याली निकालेको छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ । ‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाकाे आयोजनामा प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय परपसरबाट शुरू भएको र्यालीले “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “हाम्रो आधार सुरक्षित, हाम्रो…
तरुण राई, ७ मंसिर, काँकरभिट्टा । एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा इन्टरनेट सेफ्टी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक्का नेपाल झापाका काउन्सेलरको आयोजना र एमिटी पब्लिक स्कूल काँकरभिट्टामा रहेको एमिटी प्रकृति क्लबको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा अवस्थित सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विष्णु प्रसाई, प्रियंका दनुवार लगायत एमिटी प्रकृति क्लबबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुद्धारा आजको समयमा इन्टरनेटको महत्व र आवश्यकता, बालबालिकाहरुले इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने साथै इन्टरनेट दुरप्रयोग भइहालेमा यसको हानि र जोखिमहरुबाट कसरी जोगिने र इन्टरनेट प्रयोग गर्दा आफु असुरक्षित भएमा यसले निम्त्याउन सक्ने मानसिक र…
५ मंसिर, मेचीनगर । मानब बेचबिखन तथा अन्य जघन्य अपराध नियन्त्रणका लागि नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया कार्यक्रम भएको छ । आज बिश्व बाल दिवसको अवसर पारेर सनलप कलकताको आयोजनामा साथै कञ्चनजघा उद्धार केन्द्र सिलगुडी र माइती नेपाल काँकरभिट्टाको समन्वयमा मानब बेचबिखन तथा अन्य अपराधमूलक कार्य नियन्त्रण सम्बनिध एक दिवसिय अन्तरकृया कार्यक्रम भएको हो । मानब बेचबिखन तथा अन्य जघन्य हिंसात्मक अपराधहरुमा ठूलो संख्यामा बिश्वभर छिटो र सरल तरिकाले सफलता हात पार्न नेटवर्किङ संजाल फिंजाएका छन् । ती अपराधमूलक घटनामा संलग्न गिरोहलाई निरुत्साहित पार्न अबका दिनहरुमा आफूहरु सक्रिय हुनुपर्ने माइती नेपालका क्षेत्रिय अध्यक्ष गोबिन्द घिमिरेको भनाइ थियो । यस कार्यक्रममा…