१३ पुष, बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा टीकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा छन् । कार्यसमितिमा पछि २ जना सदस्य थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको छ । अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।…
फरिसीहरुले येशूलाई भने, कैसरलाई कर तिर्न‘ उचित हो कि होइन ? येशूले तिनीहरुलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन् ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ ।” मत्ती २२ः२१ वि.सं. २०६३ सालमा नेपालमा गणतन्त्रको स्थापना भयो । ०६४ मा संविधानसभाको चुनाव भयो । त्यो नेपालको इतिहासमा पहिलो संविधान सभा थियो । त्यसबेला नेपालको राज्यपुर्नसंरचनाको बहस तातिएको थियो । त्यसअघि नेपाल एकात्मक केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक हिन्दू अधिराज्य थियो । नेपालको राजनीतिमा हिन्दू धार्मिक सत्ता कायम भएको थियो । त्यसले अन्य धार्मिक समुदायमाथि अन्याय अत्याचार गरेको थियो । त्यसैले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउनका लागि व्यापक बहस, छलफल र…
बिर्तामोड । आदर्श स्कुल अफ मेनेजमेन्ट तथा लिङ्कन मन्टेश्वरी स्कुल बिर्तामोड–३ ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई स्वागत सम्मान गरेको छ । आज आदर्श स्कुलको सभाहलमा एक समारोहकाबिच झापाका नव निर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाई, हिसानका सचिव तथा न्युटन्स एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुंमागाई, प्वासन झापा जिल्ला उपाध्यक्ष जनार्दन ढकाल लगायतले सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । लिंकन मन्टेश्वरी स्कुलका व्यवस्थापन समिति अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आदर्श स्कुल अफ मेनेजमेन्टका निर्देशक संजोग…
मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको विभिन्न स्थानबाट ९ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट २ जना बालकको उद्धार गरेको छ। बाणगङगा नगरपालिका ६ कपिलबस्तु घर भएका बर्ष १५ का सोहन थारुलाई भारतको कलकता र धनुषाको मिथिला नगरपालिका ४ बस्ने बर्ष १५ का अजित बहादुर घिसिङ्गलाई बंगालको जल्पाइगुडी स्थित फेला पारेका थिए । उनीहरुलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धार गरी शुक्रबार नेपाल ल्याएर अभिभावकलाई पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले नयाँ तृष्णा अनलाइनलाई जानकारी दिएका थिए । अभिभावकको अनुसार ९ महिनादेखि बेपत्ता…
झापा । दूध र दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। दही पनि एक दुग्ध उत्पादन हो। दग्धजन्य पदार्थले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ। तपाईले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरुले दही खाने सल्लाह दिन्छन्। दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै एन्टिब्याक्टेरियल गुणहरू हुन्छन्। गर्मीमा दहीको सेवन राम्रो मानिन्छ। अहिले जाडोमा दहीको सेवनले रुघाखोकी, रुघाखोकी, घाँटी दुख्ने जस्ता रोग लाग्ने गर्दछ। जाडोमा दही कसरी खाने त ? दालचीनीमा एन्टिफङ्गल, एन्टिभाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ। यसले चिसोका कारण लाग्ने रोगबाट जोगाउन मद्दत गर्छ। जाडोमा दालचीनीको धुलो दहीमा मिसाएर खाँदा फाइदा…
१० पुष, झापा । आज डिसेम्बर २५ का दिन बिश्वब्यापीरुपमा प्रभू येशू ख्रीष्टको जन्मोत्सव अर्थात ‘ख्रीष्टमस डे’ मनाउँदैछन्। प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसंगै हर्सोलासका साथ अन्य देशहरुमा झै यस देशमा पनि भब्यताका साथ ख्रीष्टमस मनाउन आरम्भ भएको हो । हाल नेपालमा ३५ लाख ख्रीष्टियनले…
पाः जोएल राई, यो ऋत’ “ख्रीष्टम;को“ वडा दिन सबैलाई शुभकामना साथै सदा बर्षभन्दा यो बर्ष अझै प्रगति उन्नति÷शान्तिको आशिर्वाद बोल्दछु, कारण हितोपदेश १८ः२१ यसो भन्छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानुपर्छ ! म जीवन शव्दलाई प्रेम गर्छु र सबैमा जीवन सुख,शान्ति,समृद्धि नै बोल्छु । तर बर्तमानमा मानिसहरुको बुद्धिको वृद्धि भएको कारण ह्रदय खुम्चिदै जाने अवस्था बड्दो भएकोले होला ख्रीष्टमसलाई मनाउनु वाइवलीय होईन, क्यारोल वाइवलीय होइन आदि ईत्यादि व्याख्या बिश्लेसणहरुले ख्रीष्ट येशूको जन्मको अस्तित्वलाईनै आक्रमण गरिरहेको छ, जस्को विषयमा स्पष्टीकरण दिने प्रयास त म गर्न चाहान्न तर आफ्नो बुझाइ र मान्यता म पोख्न चाहान्छु ।…
धरान । आमूल परिवर्तन नागरिक पार्टी धरान उपमहानगर समितिले ख्रीष्टमस, उधौली, चासोक तङ्नाम, यमरी पुन्ही, तमु ल्होसार, र ईस्वी संवत (नयाँ वर्ष) लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरिएको पार्टी प्रचार विभाग प्रमुख नरेश क्षितिजले बताए
३० मंसिर , काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बन्नुभएको छ। तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आउनुभएकी शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसक्नुभएको छ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट चुनावी मैदानमा उत्रनुभएको थियो। शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो । शर्मा नेतृत्वको प्यानलमा रहेकाहरू अधिकांशले…
२९ मंसिर, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् । अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपानेले १२२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत मात्र प्राप्त गरेका छन् । सचिव पदमा प्रदीप परियार र राजु पाठकको मत बराबरी पाएका छन् । उनीहरुले समान ९९÷९९ मत ल्याएका छन्…