Skip to main content

नयाँ तृष्णा

प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा पुष्प

[adsforwp id="2511"]

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा टीकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा छन् । कार्यसमितिमा पछि २ जना सदस्य थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको छ ।

अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।

सोही अवसरमा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । साम्पाङलाई प्रमुख अतिथि, अतिथिहरुले खादा अबिर लगाएर स्वागत गरेका थिए । साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दंगाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रीय कमिटी सचिब विमल लामिछाने, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रदेश उपाध्यक्ष डण्ढिराज घिमिरे, नवप्रवेशी राजन साम्पाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डि–कौडिन्य अक्षयकोषको अभियानलाई निश्कर्षमा पुर्याउनेसहित वार्षिक कार्ययोजना बनाएरअघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालनसहित सांगाठानिक प्रतिवेदन सचिव पुष्प खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...