Skip to main content

नयाँ तृष्णा

पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहास : पहिलोपटक महिला शर्मा अध्यक्षमा विजयी, महासचिवमा दाहाल

[adsforwp id="2511"]
काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बन्नुभएको छ। तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आउनुभएकी शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसक्नुभएको छ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट चुनावी मैदानमा उत्रनुभएको थियो। शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो । शर्मा नेतृत्वको प्यानलमा रहेकाहरू अधिकांशले जित हासिल गरेका छन्। महासंघमा गत शुक्रवार केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्वका लागि चुनाव भएको थियो । सो निर्वाचनमा केन्द्रीय पदाधिकारीमा शर्मा नेतृत्वको प्यानल नै विजयी भएको छ। जसअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित हुनुभएको छ। उहाँ श्रमजीवी पत्रकारहरुको मुद्दा स्थापित गर्न लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। यसै गरी अन्य पदाधिकारीमा खुलातर्फ सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, समावेशी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली, लेखा समिति संयोजकमा केसी लामिछानेलगायत विजयी हुनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...